नेपालगन्ज म्याराथनको तयारी पुरा « Khabarhub

नेपालगन्ज म्याराथनको तयारी पुरा


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालगन्ज म्याराथनको तयारी पुरा भएको छ । आयोजक क्रियटिभ ह्याण्डस्ले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै क्रियटिभ ह्याण्डस्का संस्थापक अध्यक्ष टिएस ठकुरीले मंसिर ९ गते हुने नवौँ धारा नेपालगन्ज म्याराथनसँगै मंसिर ८ गते मेघा बहसकारुपमा संचालन हुने नेपालगन्ज कनक्लेभको तयारी पनि पुरा भएको बताएका छन् । कनक्लेभमा आर्थिक, साहित्य, आधाआकाश, खेल सहितको बिभिन्न विषयमा बहस हुने बताइएको छ ।

यस वर्ष म्याराथनमा पुरस्कार राशि वृद्धि गरिनुका साथै रेकर्ड ब्रेक गर्ने एक खेलाडीले लण्डन म्याराथनमा सहभागी हुन पाउने अध्यक्ष ठकुरीले बताएका छन् । ठकुरीका अनुसार उत्कृष्ट स्कोर हासिल गर्ने खेलाडीले लण्डन म्याराथनमा सहभागी हुने अवसर प्राप्त गर्ने छन् ।

नेपालगन्ज म्याराथनमा एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौँ पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ६ : ३४ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै