घाँटीमा सुन्तलाको केस्रा अड्किएर तीन वर्षीय शिशुको मृत्यु | Khabarhub Khabarhub

घाँटीमा सुन्तलाको केस्रा अड्किएर तीन वर्षीय शिशुको मृत्यु


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा– गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिएका छन् ।

मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएको थिए। 

आज दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र श्वास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पुर्‍याइएको थियो । 

अस्पताल ल्याएको एक घण्टापछि  उनलाई मृत घोषणा गरिएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ६ : ५० बजे

दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’

कञ्चनपुर – कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ

बंगलादेशले भारतलाई फेरि भन्यो– शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर

काठमाडौं- बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमालको

सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौं – जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट

संसद् पुनर्स्थापनको माग लिएर अदालत गइँदैन: कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई विघटित प्रतिनिधि

पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

जनकपुरधाम – मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च