गाडीभित्रै दुई घण्टा दुर्गा प्रसाईंको बास ! | Khabarhub Khabarhub

गाडीभित्रै दुई घण्टा दुर्गा प्रसाईंको बास !


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


80.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शन शान्त बन्न सकेन । बल्खुमा विहीबार बिहान राजावादीहरु भेला हुनेबित्तिकै नेकपा एमालेको भातृ संगठन युवा संघको एक समूहसँग झडप भयो । केही मोटरसाइकल र स्कुटर तोडफोड भए ।

प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरेका कारण दुई-तीन समूहमा विभाजित भयो । उनीहरुको एक समूह बल्खुको पुल वारी र एक समूह पारी पर्‍यो । उनीहरुले एकै ठाउँमा मिसिन खोज्दा प्रहरीसँग झडप भयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सो झडपमा दुई प्रहरी र केही प्रदर्शनकारी घाइते भए । जिल्ला स्थिति तनावपूर्ण बनेपछि नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहोरासमेत प्रहार गर्‍यो । सोही कारण केही प्रदर्शनकारी तितर-बितर भएर बल्खु छाडे ।

कार्यक्रमको सुरुवातमै झडप भएपछि प्रदर्शनस्थल पुगेका दुर्गा प्रसाईंमाथि सुरक्षा थे्रट बढ्यो । आजै तीनकुनेमा युवा संघले वर्तमान व्यवस्थाको रक्षाका लागि प्रदर्शन गरेका कारण उनमा सुरक्षा चुनौती पहिला नै थियो । त्यसमा पनि प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेपछि प्रदर्शनकारीहरु एकै स्थानमा भेला हुन सकेका थिएनन् ।

बल्खुमा राजावादीहरुको उपस्थिति बाक्लै थियो । तर सुरक्षाकर्मीको संख्या पनि त्यहीअनुसारको थियो । दुर्गा प्रसाईं निजी बडीगार्डसहित कडा सुरक्षाका घेराभित्र थिए । प्रदर्शनकारीले पनि उनको सुरक्षाका लागि बाहिरी घेरामा तैनाथ गरेका थिए । स्थिति खराबन्दा उनी दुईघण्टा भन्दा बढी गाडीमै बसे ।

प्रसाईं बसेको गाडीलाई तीनवटा गाडीले घेरेका थिए । ती सबै गाडीमा उनको सुरक्षाका लागि ‘बडी बिल्डर’ जस्तै देखिने युवा थिए । थप दुई घेरामा त्यस्तै युवा प्रसाईँको सुरक्षामा तैनाथ थिए । पत्रकार लगायत कसैलाई त्यस घेराभित्र छिर्न उनीहरुले दिएका थिएनन् । कारण सोध्दा उनीहरु ३ बजेतिर भन्थे, ‘सुरक्षा ! दाइलाई भेट्न मिल्दैन । अब बाहिर निकाल्ने तयारीमा छौं । एक घण्टा लाग्छ ।’

उता प्रसाईंलाई हेर्न र उनको भाषण सुन्न प्रदर्शनकारीले थप दुईघण्टा कुर्नुपर्‍यो । उनी कहाँ छन् र कुनबेला भिडलाई सम्बोधन गर्छन् भन्ने थाहा नपाएका प्रदर्शनकारी भन्दै थिए, ‘दुर्गा प्रसाईं आएनन् कि के हो ?’

सामान्यतयाः आन्दोलनमा नेताहरु प्रदर्शनकारीको बीचमा बस्छन्, हात हल्लाउँछन् र आफ्ना समर्थकलाई हौसला दिन्छन् । तर, यो अभ्यास प्रसाईले गरेनन् ।

चार बज्नुअघिसम्म उनी गाडीबाट बाहिर निस्केनन् । उनको सुरक्षामा खटिएकाहरुले प्रसाईँलाई ४ बजेपछि बाहिर निकाले । दिउँसो २ बजे कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको थियो ।

केही प्रदर्शनकारीले भने प्रसाईंले आज सम्बोधन नगर्ने भए भन्दै त्यसअघि नै बल्खुबाट बाटो तताइसकेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ८ : ०७ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति