गाडीभित्रै दुई घण्टा दुर्गा प्रसाईंको बास ! « Khabarhub

गाडीभित्रै दुई घण्टा दुर्गा प्रसाईंको बास !


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


80.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शन शान्त बन्न सकेन । बल्खुमा विहीबार बिहान राजावादीहरु भेला हुनेबित्तिकै नेकपा एमालेको भातृ संगठन युवा संघको एक समूहसँग झडप भयो । केही मोटरसाइकल र स्कुटर तोडफोड भए ।

प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरेका कारण दुई-तीन समूहमा विभाजित भयो । उनीहरुको एक समूह बल्खुको पुल वारी र एक समूह पारी पर्‍यो । उनीहरुले एकै ठाउँमा मिसिन खोज्दा प्रहरीसँग झडप भयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सो झडपमा दुई प्रहरी र केही प्रदर्शनकारी घाइते भए । जिल्ला स्थिति तनावपूर्ण बनेपछि नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहोरासमेत प्रहार गर्‍यो । सोही कारण केही प्रदर्शनकारी तितर-बितर भएर बल्खु छाडे ।

कार्यक्रमको सुरुवातमै झडप भएपछि प्रदर्शनस्थल पुगेका दुर्गा प्रसाईंमाथि सुरक्षा थे्रट बढ्यो । आजै तीनकुनेमा युवा संघले वर्तमान व्यवस्थाको रक्षाका लागि प्रदर्शन गरेका कारण उनमा सुरक्षा चुनौती पहिला नै थियो । त्यसमा पनि प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेपछि प्रदर्शनकारीहरु एकै स्थानमा भेला हुन सकेका थिएनन् ।

बल्खुमा राजावादीहरुको उपस्थिति बाक्लै थियो । तर सुरक्षाकर्मीको संख्या पनि त्यहीअनुसारको थियो । दुर्गा प्रसाईं निजी बडीगार्डसहित कडा सुरक्षाका घेराभित्र थिए । प्रदर्शनकारीले पनि उनको सुरक्षाका लागि बाहिरी घेरामा तैनाथ गरेका थिए । स्थिति खराबन्दा उनी दुईघण्टा भन्दा बढी गाडीमै बसे ।

प्रसाईं बसेको गाडीलाई तीनवटा गाडीले घेरेका थिए । ती सबै गाडीमा उनको सुरक्षाका लागि ‘बडी बिल्डर’ जस्तै देखिने युवा थिए । थप दुई घेरामा त्यस्तै युवा प्रसाईँको सुरक्षामा तैनाथ थिए । पत्रकार लगायत कसैलाई त्यस घेराभित्र छिर्न उनीहरुले दिएका थिएनन् । कारण सोध्दा उनीहरु ३ बजेतिर भन्थे, ‘सुरक्षा ! दाइलाई भेट्न मिल्दैन । अब बाहिर निकाल्ने तयारीमा छौं । एक घण्टा लाग्छ ।’

उता प्रसाईंलाई हेर्न र उनको भाषण सुन्न प्रदर्शनकारीले थप दुईघण्टा कुर्नुपर्‍यो । उनी कहाँ छन् र कुनबेला भिडलाई सम्बोधन गर्छन् भन्ने थाहा नपाएका प्रदर्शनकारी भन्दै थिए, ‘दुर्गा प्रसाईं आएनन् कि के हो ?’

सामान्यतयाः आन्दोलनमा नेताहरु प्रदर्शनकारीको बीचमा बस्छन्, हात हल्लाउँछन् र आफ्ना समर्थकलाई हौसला दिन्छन् । तर, यो अभ्यास प्रसाईले गरेनन् ।

चार बज्नुअघिसम्म उनी गाडीबाट बाहिर निस्केनन् । उनको सुरक्षामा खटिएकाहरुले प्रसाईँलाई ४ बजेपछि बाहिर निकाले । दिउँसो २ बजे कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको थियो ।

केही प्रदर्शनकारीले भने प्रसाईंले आज सम्बोधन नगर्ने भए भन्दै त्यसअघि नै बल्खुबाट बाटो तताइसकेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ८ : ०७ बजे

मधेशमा जुडशीतल पर्वको दोस्रो दिन : मान्यजनबाट शिरमा जलसेचन लिइँदै

महोत्तरी– मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट

२०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

काठमाडौं– २०८२ सालमा बैंकिङ क्षेत्रको निक्षेपमा निक्षेपकर्ताले पाउने ब्याजमा ठूलो

विराट गोल्ड कप : सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

मोरङ– ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सम्राट स्पोर्टिङ

भोजपुर लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला

विपद् प्रतिकार्यका लागि ‘समुदाय विपद स्वयंसेवक’ तयार

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण गर्नका