हुण्डी कारोबार गरेको अभियोगमा एकजना पक्राउ « Khabarhub

हुण्डी कारोबार गरेको अभियोगमा एकजना पक्राउ


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

काठमाडौँका विभिन्न स्थानमा केही व्यक्तिले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई अवैध रूपमा हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीकाअनुसार श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतीय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको छ।

साथै उनको घरबाट रु ८९ लाख ६९ हजार नेपाली, अमेरिकी डलर सात हजार २६, ल्यापटप ३ थान, सिपियु छ थान, टेलर मेसिन एक थान, सिसिटिभि एनभिआर एक थान, मोबाइल आठ थान, राहदानी दुई थान, नागरिकता एक थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ८ : २२ बजे

रास्वपाले चाह्यो भने समानुपातिक सूची सच्याउन सक्छ, तर, कसरी ?

काठमाडौं– आफूलाई नयाँ वैकल्पिक शक्तिको रूपमा दाबी गरेर नेपाली राजनीतिमा

फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती