हिन्दी फिल्ममा संगीत गर्ने पहिलो नेपाली संगीतकार | Khabarhub Khabarhub

हिन्दी फिल्ममा संगीत गर्ने पहिलो नेपाली संगीतकार



आज हामी एक महान् संगीतकारको चर्चा गर्दैछौं। जसले विदेशमा आफ्नो झण्डा गाडेर ख्याती प्राप्त गरेका छन्। बलिउडमा गएर त्यहाँकी प्रसिद्ध गायिका लता मंगेशकरलाई हिन्दीमा गीत गाउन लगाउने ती संगीतकार हुन् भोला श्रेष्ठ। बलिउडका प्रसिद्ध गायक किशोर कुमारलाई गीतको रेकर्डिङमा गुरुजीका शैलीमा गीत गाउन सिकाउने संगीतकार, जसलाई किशोर कुमारले मेरा दोस्त, मेरा गुरुजी भनेर बेलाबेलामा सम्बोधन गरेको इतिहास पाइन्छ। तिनै संगीतकार हुन् भोला श्रेष्ठ।

ललितपुरको पिम्बहालस्थित तःजा फल्चा भन्ने ठाउँमा जन्मिएका श्रेष्ठको बाल्यकाल भित्री काठमाडौं मै बित्यो। यँगाल निवासी उनका आफन्त निकटवर्ती रामगोपाल श्रेष्ठका अनुसार भोला श्रेष्ठ विवाह गर्नु अगाडि नै कलकत्ता पुगेका थिए।

बलिउडमा गएर त्यहाँकी प्रसिद्ध गायिका लता मंगेशकरलाई हिन्दीमा गीत गाउन लगाउने संगीतकार हुन् भोला श्रेष्ठ।

कलकत्ताका मोडन थिएटरमा वाद्यवादकका रूपमा काम गरे। जहाँ उनको प्रसिद्ध संगीकार एसडी बर्मनसँग भेट भयो। भोला श्रेष्ठ जन्मेको ठाउँ पिम्बहालस्थित तःजा फल्चाका बारेमा उनलाई चिन्ने मोहन गोपाल न्याँछ्योका अनुसार भोला बाँसुरी बजाउने गर्दथे।

मोहन गोपालका अनुसार नाकको दुवै प्वालबाट बाँसुरी बजाउन सक्ने भोलालाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गरिनु पर्थ्यो। तर त्यो भएन। भारत स्वतन्त्र भएपछि कलकत्ता पुगेका भोलाले मोडन थ्रेटरमा तरक्की रङ्गमञ्च वा स्टेज प्रफमेन्समा त्यहाँका विभिन्न गजल गायिकासँग बाजा बजाए। तबलामा उनी प्रसिद्ध थिए।

कलकत्तामै उनको पाल्पाको रुद्र शमशेरको दरबारमा संगीतका गुरुका रूपमा काम गरेका खेमचन्द प्रकाश यहाँबाट कलकत्ता गएपछि त्यहाँ भेट भयो। दुवै मिलेर संगीत गर्न थाले। यो जोडी कलकत्ता छोडेर बम्बईमा गए। यी दुवै मिलेर त्यहाँ संगीत गर्न थाले ।

बलिउडका प्रसिद्ध गायक किशोर कुमारलाई गीतको रेकर्डिङमा गुरुजीका शैलीमा गीत गाउन सिकाउने संगीतकार, जसलाई किशोर कुमारले मेरा दोस्त, मेरा गुरुजी भनेर बेलाबेलामा सम्बोधन गरेको इतिहास पाइन्छ।

फिल्म उद्योग सबै बम्बईमा स्थापित भइसकेपछि प्रभात स्टुडियो, हिमालय जस्ता फिल्म स्टुडियो बम्बईमा स्थापित भएपछि दुवैले हिन्दी फिल्मका लागि प्रयास गरे। खेमचन्द प्रकाशले संगीत गरेको ‘महल’ नामक फिल्मका लागि ‘आएगा आनेवाला’ भन्ने गीत मार्फत लता मंगेशकरलाई प्रसिद्धि दिलाए। यो गीतको संगीत संयोजन भोलाले गरेका थिए। यस फिल्ममा किशोर कुमार र आशा भोस्ले गाउँदागाउँदै निकालिएका थिए।

महलको यो फिल्मको लोकप्रियतालाई खेमचन्द्रले हेर्न भ्याएनन्। तर भोलाले अनुभूत गर्न पाए। उनीत्यति बेला पनि सक्रिय थिए। त्यसपछि खेमचन्द प्रकाशको मृत्युपछि भोला आफै स्वतन्त्र संगीतकारका रूपमा फिल्ममा आए।

उनले सन् १९५२ मा हिन्दी ‘आवसार’ भन्ने फिल्ममा लता मंगेशकरलाई ‘चले आओ तुमे आँसु हमारे यात कर्हे’, ‘मुझको हे प्यार तुम्हे क्यु’ गाउन लगाए। यी दुई गीत लोकप्रिय भए। भोला १९५६ सम्म फिल्म संगीतकारका रूपमा ख्याति प्राप्त भए।

भोला श्रेष्ठले सन् १९५६ मा ‘ये बस्ती ये लोग’ नामको फिल्ममा प्रेम बरोर रानीको शब्दमा ‘दिल जलेगा तो दुनियाँ देखिँगे’ जस्तो गीत संगीत गरे।

खेमचन्द प्रकाशले संगीत गरेको ‘महल’ नामक फिल्मका लागि ‘आएगा आनेवाला’ भन्ने गीत मार्फत भोला श्रेष्ठले लता मंगेशकरलाई प्रसिद्धि दिलाए।

भोला श्रेष्ठले गरेको संगीत पनि राम्रो हुने, लय गायकी पनि राम्रा हुने तर फिल्म संयोजमा रिलिज नहुनुको कारणले उनी चर्चामा आउन सकेनन्। उनी किशोरकुमारका हरेक गीतको संगीत संयोजन गर्थे। संगीतकारको रूपमा किशोर कुमारको नाम आउँथ्यो। तर भोलाको छोपिन्थ्यो।

एसडी बर्मनका धेरै गीत रेकर्डिङमा भोला एक मित्रका रूपमा बस्थे। सहयोग पनि गर्थे तर उनको चर्चा उनको मृत्युपछि मात्र बर्मनले गरे।

नेवार परिवारमा जन्मिएका भोलाले हिन्दी फिल्मकी शीर्ष गायिका लतालाई नाम नै नभएको बेला पनि हिन्दी गीत गाउन लगाएका थिए। ती भोला श्रेष्ठको अल्पायुमा निधन भयो।

बम्बइको शिवाजी पार्कमा उनी बस्थे। सामान्य ज्वरो थियो। एम्बुलेन्समा अस्पताल जाँदाजाँदै बाटैमा उनको निधन भयो। यो निधन हिन्दी फिल्म संगीतको लागि ठुलो क्षति थियो। तर मराठी भाषाका चर्चित कवि दिलीप चित्रे जो भोलाका साथी थिए। उनले एम्बुलेन्समा भोलासँग अस्पताल जाँदासम्मको सहयात्रा गरेका थिए। दिलीप चित्रेले भोलासँग गरेको त्यो यात्राका बारेमा कविता लेखे। सन् १९७२ मा ‘एम्बुलेन्स में सफर’ भन्ने कविता अंग्रेजीमा ‘एम्बुलेन्स राइड’ भनेर पनि प्रकाशित भयो।

यही कविता छापिएको किताबमा दिलीप चित्रेले भारतबाट ठुलो पुरस्कार साहित्य एकेडेमी अवार्ड पाए। उत्ति यही कविताकै कारण चिनिए। तर एम्बुलेन्समा कोसँग यात्रा गरेको थियो कसैलाई थाहा भएन।

बम्बइको शिवाजी पार्कमा उनी बस्थे। सामान्य ज्वरो थियो। एम्बुलेन्समा अस्पताल जाँदाजाँदै बाटैमा उनको निधन भयो। यो निधन हिन्दी फिल्म संगीतको लागि ठुलो क्षति थियो।

दिलीप चित्रेका कवितापछि गोविन्द निहालानीद्वारा निर्देशित ‘अर्ध सत्य’मा ओमपुरीले वाचन गरे। दिलीप चित्रेले पछि फिल्म पनि बनाए। ‘गोदाम’ नामको जसमा उनले तृप्ती नदाकरलाई नायिकाका रूपमा ब्रेक पनि दिए। उनी भारतका प्रसिद्ध कवि हुन्। उनी अंग्रेजी मराठी र हिन्दीमा कविता लेख्छन्। उनको पहिलो चर्चित कविता नै भोलाको मृत्यु भन्दा अघिको एम्बुलेन्सको सफरको बारेमा लेखिएको थियो।

भोला श्रेष्ठ एम्बुलेन्समा जीवन र मृत्युसँग लडिरहेको बेलाको बयान गरिएको कविता दिलीपको जीवनको एउटा आत्मग्लानी थियो। त्यो यात्रा गरिरहेको समय भोलाकी छोरी सन्मुखानन्द हलमा गीत गाइरहेकी थिइन्। ती गायिकाको नाम हो बाल गायिका सुष्मा श्रेष्ठ। ‘हेना ना बोलो बोलो मम्मीको ड्याडिसे प्यार हे’। पछि गएर हामीले उनलाई पूर्णिमाका नामबाट चिन्यौँ। संगीतकार भोला श्रेष्ठले ‘ए बस्ती ए लोक’ जस्ता धेरै फिल्ममा संगीत गरेका छन्। विज्ञापनहरू पनि गरेका छन्। खेमचन्द प्रकाशका लोकप्रिय गीतहरूमा संगीत संयोजनसमेत गरेका छन्। तर उहाँको चर्चा गरिएको छैन।

कुनै कुनै हिन्दी फिल्मको संगीतको किताबमा उहाँको बारेमा एक दुई पंत्ती लेखिएको पाइन्छ। भोला श्रेष्ठको कलकत्ता हुँदाहुँदै विवाह भयो। भोला श्रेष्ठकी पत्नी गायिका आशा भोस्ले कि अनिष्ठ मित्र पनि हुन्। उनका ती छोरी लेखक मिरल मिश्र, गायिका सुस्मा श्रेष्ठ र अर्की एक गृहणीको रुपमा जीवन बिताइरहेकी छन्। एक छोरा पनि छन्। अहिले भनिने ‘माइल स्ट्रोक’ त्यति बेला उच्च ज्वरोले उनको निधन भएको हो।

मराठी भाषाका चर्चित कवि दिलीप चित्रे जो भोलाका साथी थिए। उनले एम्बुलेन्समा भोलासँग अस्पताल जाँदासम्मको सहयात्रा गरेका थिए। दिलीप चित्रेले भोलासँग गरेको त्यो यात्राका बारेमा कविता लेखे। सन् १९७२ मा ‘एम्बुलेन्स में सफर’ भन्ने कविता अंग्रेजीमा ‘एम्बुलेन्स राइड’ भनेर पनि प्रकाशित भयो।

डाक्टरको सल्लाह अनुसार फोन गरेर अस्पतालमा बेड बुक गरेपछि कवि फिल्म निर्देशक दिलीप चित्रेले उनीसँग गरेको यात्रा ‘एम्बुलेन्स मे सफर’ मलाई मनपर्ने एउटा कविता हो। पछि अहिले विभिन्न युट्युब तिर एम्बुलेन्स राइड भनेर सुन्न पाइन्छ। यस्तो कविता बिरलै लेखिएको हुन्छ। जहाँ कविले आफ्नो मित्रलाई दुःख र सकसमा लडिरहेको बेलालाई बयान गरेको छ।

त्यो भन्दा यादगार बयान अर्को मुलुकबाट आएको साथीले आफूलाई आफ्नै मुलुकमा सहयोग गरेको पनि बयान गर्नुभएको छ। भोला यस अर्थमा महान् मित्र पनि हुन्। यस्तो कविता लेख्न घनिष्ठता हुनुपर्छ।

प्रसिद्ध फिल्म निर्देशक बासु भट्टाचार्य निधन हुँदा अर्का फिल्म निर्देशक गुलजारले एउटा कविता लेखेका थिए। त्यो कविता यही कविताबाट प्रेरित थियो भन्न सकिन्छ। पहिचान नाम भएर पनि हामीले स्मृतिमा नराखेका नेपाली जातिका उच्च संगीतकार जो भारतमा बलिउडमा गएर खम्बा गाड्न सफल संगीतकार भोला श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : ३३ बजे

असार २८ को संयोग : तीन वर्षपछि देउवाले नै खोलिदिए ओलीलाई बालुवाटारको ढोका

काठमाडौं – खारेजीमा परिसकेको नेकपाभित्रको विवादका कारण तत्कालीन प्रधानमन्त्री केपी

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्र सचिव लम्सालको भेट

काठमाडौं – परराष्ट्र सचिव सेवा लम्सालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा

पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत

काठमाडौं – पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत

केपी ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेश

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि