साउदी प्रो लिग : अल नासरको सानदार जित « Khabarhub

साउदी प्रो लिग : अल नासरको सानदार जित


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले सानदार जित निकालेको छ । गए राति भएको खेलमा अल इत्तिफाकलाई ३–१ गोलले हराउँदै अल नासर विजयी भएको हो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डो, एलेक्स टेल्लेज र मार्सेलो ब्रोजोभिकले एक–एक गोल गरेका थिए । अल इत्तिफाकका लागि मोहमद अल कुवायकिबीले एक गोल फर्काएका थिए ।

यो जितपछि अल नासर १७ खेलबाट ४० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । पराजित भएको अल इत्तिफाक १८ खेलबाट २४ अंकसहित आठौँ स्थानमा छ ।

यस्तै, १८ खेल खेलेको अल हिलाल अहिलेसम्म अपराजित रहेको छ । अल हिलाल ५० अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ ।

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ०८ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर