टेवानको छैटौँ साधारणसभा पोखरामा सम्पन्न  | Khabarhub Khabarhub

टेवानको छैटौँ साधारणसभा पोखरामा सम्पन्न 


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटन व्यवसायी महिला संघ (टेवान)को   छैटौँ वार्षिक साधारणसभा पोखरामा  सम्पन्न भएको छ । 

शुक्रबार टेवानकी अध्यक्ष कमला गिरीको अध्यक्षतामा भएको साधारणसभाको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी)ले उद्घाटन गरेकी थिइन्। 

कार्यक्रममा मन्त्री अर्यालले सरकारको प्राथमिकतामा पर्यटन रहेको बताउँदै गण्डकी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएको बताइन् । 

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले प्राकृतिक सौन्दर्यताका कारण पोखराको पर्यटन विश्वमाझ परिचत भएको बताउँदै यसको संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए । टेवानका सल्लाहकार बोबरजंग गुरुङले पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवानले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । 

साधारणसभाले महासचिव अनिता खड्का भट्टराईले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमला गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १ : ४१ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका