टेवानको छैटौँ साधारणसभा पोखरामा सम्पन्न  « Khabarhub

टेवानको छैटौँ साधारणसभा पोखरामा सम्पन्न 


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटन व्यवसायी महिला संघ (टेवान)को   छैटौँ वार्षिक साधारणसभा पोखरामा  सम्पन्न भएको छ । 

शुक्रबार टेवानकी अध्यक्ष कमला गिरीको अध्यक्षतामा भएको साधारणसभाको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी)ले उद्घाटन गरेकी थिइन्। 

कार्यक्रममा मन्त्री अर्यालले सरकारको प्राथमिकतामा पर्यटन रहेको बताउँदै गण्डकी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएको बताइन् । 

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले प्राकृतिक सौन्दर्यताका कारण पोखराको पर्यटन विश्वमाझ परिचत भएको बताउँदै यसको संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए । टेवानका सल्लाहकार बोबरजंग गुरुङले पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवानले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । 

साधारणसभाले महासचिव अनिता खड्का भट्टराईले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमला गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १ : ४१ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,