नेपालको आर्थिक विकासमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका : अर्थमन्त्री « Khabarhub

नेपालको आर्थिक विकासमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका : अर्थमन्त्री


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । 

सिआइएन युथ इन्टरपेनियर फोरम  नेपाल स्टार्ट अप फेस्ट २०२३ को शनिबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री महतले आईटी सेक्टरमा निर्यात बढिरहेको र आउँदा दिनमा अझ बढ्न सक्ने भन्दै नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । 

 सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले सकेसम्म योगदान गर्ने उनले बताए । १२ कक्षापछि विदेश जाने चलनलाई रोक्दै सूचना प्रविधिमा युवाहरूलाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा उनले जोड दिए । उनले सरकारले आईटी नीति बजेटमार्फत व्यवहारिक कार्यान्वयनतर्फ लगिएको जानकारी दिँदै ५० प्रतिशतभन्दा थोरै कर लगाउने व्यवस्था गरेको बताएका छन् ।

राज्यले दिएको सुविधाले आईटी बिजनेश बढाउन मद्दत पुग्ने मन्त्री डा. महतले बताए । मन्त्री महतले आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी पनि दिएका छन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  २ : ४३ बजे

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र