महाराजगञ्जमा निःशुल्क आँखा परीक्षण « Khabarhub

महाराजगञ्जमा निःशुल्क आँखा परीक्षण


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

कृष्णनगर– कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन् । महाराजगञ्ज–५ को उदयपुर स्वास्थ्यचौकीमा दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरुले नेत्र परीक्षण गराएका हुन् ।

महाराजगञ्ज नगरपालिकाको आयोजना तथा छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा शुक्रबार र शनिबार दिउँसोसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरमा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका नगर प्रमुख अब्दुल कलामले जानकारी दिएका छन् ।

 शिविरमा आएका पाँच सय चार जनालाई चस्मा वितरण र एक सय ७२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए । 

शिविरमा मधुमेहका बिरामीका साथै अन्यलाई पनि  निःशुल्क औषधि वितरण गरिएको थियो । महाराजगञ्ज नगरपालिकाले प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ३ : ४१ बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश