ग्रीसद्वारा भू-मध्य सागरबाट ८१ आप्रवासीको उद्धार « Khabarhub

ग्रीसद्वारा भू-मध्य सागरबाट ८१ आप्रवासीको उद्धार


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एथेन्स– भूमध्यसागरस्थित अन्तर्राष्ट्रिय जल क्षेत्रबाट ८१ जना आप्रवासीको ग्रीक अधिकारीहरूले उद्धार गरेका छन् ।

ग्रीसको राष्ट्रिय प्रसारकले शुक्रबार दिएको जानकारीमा घटनामा बेपत्ता तथा क्षतिको विवरण भने खुलाइएको छैन । फ्रान्सेली झण्डासहितको मालवाहक जहाज ग्रीसको समुद्री तटबाट करिब १२० माइल टाढाको क्षेत्रमा फसेको थियो ।

डुङ्गामा सवार ८१ जनालाई ग्रीसको पेलोपोनिज प्रायद्वीपको कालामाता बन्दरगाह सहरमा सारिएको छ । गत बर्ष पनि यही क्षेत्र र समयमा क्षमताभन्दा बढी धेरै सामान लिएर इटालीतर्फ जाँदै गरेको डुङ्गा पेलोपोनीज प्रायद्वीपको समुद्रमा डुबेको थियो । 

उक्त डुङ्गामा यात्रारत १०४ जनालाई ग्रीसको कोस्ट गार्डले सकुशल उद्धार गरेको थियो भने ८२ जनाको मृत शरीरलाई पानीबाट निकाली आफन्तलाई बुझाइएको थियो । 

सन् २०१५ मा शरणार्थी आप्रवासन संकट सुरु भएदेखि, एक लाख भन्दा बढी मानिसहरू ग्रीस पुगेका छन् । जसमध्ये अधिकांश युरोपेली देशहरू तर्फ लागेका छन् ।

युरोपेली परिषद् तथा संसद्ले बुधबार एक अस्थायी सम्झौता गरी यस मुद्दामा वर्षौंको गतिरोध तोड्दै शरण र आप्रवासन नीतिलाई पूर्ण रूपमा सुधार गर्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ४ : ५६ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा