ग्रीसद्वारा भू-मध्य सागरबाट ८१ आप्रवासीको उद्धार « Khabarhub

ग्रीसद्वारा भू-मध्य सागरबाट ८१ आप्रवासीको उद्धार


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एथेन्स– भूमध्यसागरस्थित अन्तर्राष्ट्रिय जल क्षेत्रबाट ८१ जना आप्रवासीको ग्रीक अधिकारीहरूले उद्धार गरेका छन् ।

ग्रीसको राष्ट्रिय प्रसारकले शुक्रबार दिएको जानकारीमा घटनामा बेपत्ता तथा क्षतिको विवरण भने खुलाइएको छैन । फ्रान्सेली झण्डासहितको मालवाहक जहाज ग्रीसको समुद्री तटबाट करिब १२० माइल टाढाको क्षेत्रमा फसेको थियो ।

डुङ्गामा सवार ८१ जनालाई ग्रीसको पेलोपोनिज प्रायद्वीपको कालामाता बन्दरगाह सहरमा सारिएको छ । गत बर्ष पनि यही क्षेत्र र समयमा क्षमताभन्दा बढी धेरै सामान लिएर इटालीतर्फ जाँदै गरेको डुङ्गा पेलोपोनीज प्रायद्वीपको समुद्रमा डुबेको थियो । 

उक्त डुङ्गामा यात्रारत १०४ जनालाई ग्रीसको कोस्ट गार्डले सकुशल उद्धार गरेको थियो भने ८२ जनाको मृत शरीरलाई पानीबाट निकाली आफन्तलाई बुझाइएको थियो । 

सन् २०१५ मा शरणार्थी आप्रवासन संकट सुरु भएदेखि, एक लाख भन्दा बढी मानिसहरू ग्रीस पुगेका छन् । जसमध्ये अधिकांश युरोपेली देशहरू तर्फ लागेका छन् ।

युरोपेली परिषद् तथा संसद्ले बुधबार एक अस्थायी सम्झौता गरी यस मुद्दामा वर्षौंको गतिरोध तोड्दै शरण र आप्रवासन नीतिलाई पूर्ण रूपमा सुधार गर्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ४ : ५६ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर