पार्टीभित्र एकता भए बहुमत ल्याउन कांग्रेसलाई कसैले रोक्न सक्दैन : अर्थमन्त्री  | Khabarhub Khabarhub

पार्टीभित्र एकता भए बहुमत ल्याउन कांग्रेसलाई कसैले रोक्न सक्दैन : अर्थमन्त्री 


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औंल्याएका छन् । 

शनिबार बागमती प्रदेश कांग्रेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता एवम् मन्त्री डा. महतले पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी रहेको बताएका छन् । 

उनले भने ‘बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली कांग्रेसको समस्या भएको उनले बताए। आन्तरिक निर्वाचनमा आमनिर्वाचनभन्दा चर्को रुपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्यो’ ।

यसैबीच उनले बैठकमै नआउने कांग्रेस पार्टीको समस्या भएको उनले स्पष्ट पारेका छन्। ‘केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ। यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ,’ मन्त्री डा. महतले भने, ‘हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ।’

संसदमा आफूहरूको तीन गुण बढी संख्या भए पनि विविध परिस्थितिमा गठबन्धन सरकार बनेको बताए। ‘हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो। यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी काहीँ पुग्दैनौं। संगठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकअर्कालाई सहने, सम्मान गर्ने, एकअर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ। यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन,’ उनले भने।

उनले पार्टीभित्र संघर्ष गर्दै, नेविसंघको राजनीतिमार्फत् आफू यहाँसम्म आइपुगेको स्मरण गरे। ‘मेरो जरा कहाँ छ, कसको कारणले म यहाँ छु भन्ने कुरा मैले भुलेको छैन। इमान्दार, पारदर्शी र समर्पित भएर देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको छु र गर्छु,’ उनले भने।

धेरै नकरात्मक परिस्थिति भएको अवस्थामा आफू अर्थमन्त्री बनेको र बजेट बनाउने समयमा आफूसँग दुई महिना पनि नरहेको उनले बताए। ‘बिना प्राथमिकताका ठेक्कामुखी आयोजनाहरू अगाडि बढाइएको थियो। समस्याको पहाड थियो। कोभिडका बेला मौद्रिक नीति सरल बनाइयो, ऋण उपयोग गर्ने ठाउँ नै थिएन,’ उनले भने।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ६ : ३८ बजे

न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी

प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई  

दोलखा– बिहीबार देखि शुरु भएको प्रथम पशुपति चौलागाईं स्मृति कप

संसद्को गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैन : महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक संकटका

सहकारी विभागलाई नियमित जानकारी दिँदै कामपाका सहकारी

काठमाडौं– काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था

प्रधानमन्त्री र ओलीलाई सभामुखले सुझाव : भोलि ११ बजे अघि नै सहमतिमा पुग्नुहोस्

काठकाडौं– प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीलाई दिए सभामुख देवराज घिमिरेले