जुम्लामा ५४ हजारलाई टाइफाइडविरुद्धको खोप लगाइने | Khabarhub Khabarhub

जुम्लामा ५४ हजारलाई टाइफाइडविरुद्धको खोप लगाइने


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा भोलिदेखि टाइफाइड खोप अभियान सञ्चालन हुने भएको छ। भोलिदेखि १३ गतेसम्म जुम्लाका १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका नागरिकलाई टाइफाइड खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।

भूकम्प प्रभावित जिल्लाका नागरिकलाई टाइफाइडविरुद्धको खोप लगाउने क्रममा यसअघि जाजरकोट र रुकुम पश्चिममा खोप अभियान सम्पन्न भइसकेको छ। जुम्लाका झन्डै ५४ हजार जनालाई निःशुल्क टाइफाइड खोप लगाउने तयारी रहेको छ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकोटाले पहिलो चरणमा जुम्लाको हिमा, सिञ्जा र कनकासुन्दरी गरी तीन वटा पालिकामा ८, ९ र १० गते खोप अभियान सञ्चालन हुने बताए। त्यस्तै दोस्रो चरणमा ११ देखि १३ गतेसम्म तातोपानी, तिला, पातारासी र गुठीचौर गरी चार वटा पालिकामा खोप अभियान सञ्चालन हुने छ।

विश्व स्वाथ्य संगठनका प्रतिनिधि डाक्टर पुरुषोत्तम सेढाईंले भूकम्प प्रभावित जिल्लाहरूमा सरसफाइ, खानपानलगायतका कुराबाट टाइफाइड हुनसक्ने भन्दै सरकारले खोप अभियान सञ्चालन गर्न लागेको बताए।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ६ : ५४ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार