जुम्लामा ५४ हजारलाई टाइफाइडविरुद्धको खोप लगाइने « Khabarhub

जुम्लामा ५४ हजारलाई टाइफाइडविरुद्धको खोप लगाइने


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा भोलिदेखि टाइफाइड खोप अभियान सञ्चालन हुने भएको छ। भोलिदेखि १३ गतेसम्म जुम्लाका १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका नागरिकलाई टाइफाइड खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।

भूकम्प प्रभावित जिल्लाका नागरिकलाई टाइफाइडविरुद्धको खोप लगाउने क्रममा यसअघि जाजरकोट र रुकुम पश्चिममा खोप अभियान सम्पन्न भइसकेको छ। जुम्लाका झन्डै ५४ हजार जनालाई निःशुल्क टाइफाइड खोप लगाउने तयारी रहेको छ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकोटाले पहिलो चरणमा जुम्लाको हिमा, सिञ्जा र कनकासुन्दरी गरी तीन वटा पालिकामा ८, ९ र १० गते खोप अभियान सञ्चालन हुने बताए। त्यस्तै दोस्रो चरणमा ११ देखि १३ गतेसम्म तातोपानी, तिला, पातारासी र गुठीचौर गरी चार वटा पालिकामा खोप अभियान सञ्चालन हुने छ।

विश्व स्वाथ्य संगठनका प्रतिनिधि डाक्टर पुरुषोत्तम सेढाईंले भूकम्प प्रभावित जिल्लाहरूमा सरसफाइ, खानपानलगायतका कुराबाट टाइफाइड हुनसक्ने भन्दै सरकारले खोप अभियान सञ्चालन गर्न लागेको बताए।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ६ : ५४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।