कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा « Khabarhub

कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएकाले आफू नेतृत्वको पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन आज उद्घाटन गर्दै सभापति देउवाले भने, “राष्ट्र अहिले दोधारमा उभिएको छ, अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको छ ।”

पूर्वप्रधानमन्त्री देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताए । उनले पार्टीलाई अझै सुदृढ गर्दै तल्लोस्तरबाटै पूर्ण रूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताए ।

कांग्रेस उपसभापति धनराज गुरुङले संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत सङ्घीय निजामती ऐन ल्याउने बताए । उनले सङ्घीय प्रहरी ऐन, सङ्घीय कर्मचारी ऐन र शिक्षा विधेयक संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने स्पष्ट पारे ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन छिट्टै सङ्घीय कानुनहरू पारित गर्ने तयारीमा रहेको बताए । उनले कांग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताए ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका माग पूरा गर्न पार्टी र सरकार लाग्नुपर्ने बताए । उनले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले केन्द्रले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको बताए । सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका करिब सात सय ८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा क्षेत्रीय सभापति, नगरपालिकारगाउँपालिकामा निर्वाचित प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिका सभापतिको सहभागिता थियो ।–

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : १० बजे

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा