मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसमा दियो ३ दिन बिदा | Khabarhub Khabarhub

मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसमा दियो ३ दिन बिदा


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्माबलम्बीहरूको पर्व क्रिसमसमा तीन दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकामा इसाई धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकाले पुस ८, ९ र १० गते अर्थात् डिसेम्बर २४, २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जारी गरेको सूचनामा उल्लेख छ ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा जनाइएको छ । हरेक वर्ष डिसेम्बर २५ मा मनाइने क्रिसमस यस वर्ष पुस ९ गते परेको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : २४ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित