वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड पराजित | Khabarhub Khabarhub

वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड पराजित


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङ्गलिश प्रिमियर लिगअन्तर्गत वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई आफ्नो घरेलु मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो ।

वेस्ट ह्यामले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । वेस्ट ह्यामका लागि खेलको ७२औं मिनेटमा जारोड बोवेन र खेलको ७८औं मिनेटमा मोहमद कुदुसले गरेका थिए ।

यो यस सिजनमा वेस्ट ह्यामको यो नवौं जित हो । यो जितपछि वेस्ट ह्यामको १८ खेलमा ३० अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।

त्यसैगरी, म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा आठौँ हार हो । १८ खेलमा २८ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा आठौँ स्थानमा झरेको छ । लगातार आलोचना खेपिरहेका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक टेन ह्यागले यो हारपछि राजीनामाको दबाब बढेको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ३७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले