पार्टीभित्र एकता र सद्भाव आवश्यक छ : प्रवक्ता डा महत | Khabarhub Khabarhub

पार्टीभित्र एकता र सद्भाव आवश्यक छ : प्रवक्ता डा महत


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको बताएका छन् । बागमती प्रदेश कांग्रेस प्रथम सम्मेलनमा आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ । निष्केको निष्कर्ष जनताको बीचमा प्रस्तुत हुन जरुरी छ ।”

बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली कांग्रेसको समस्या भएको उनले बताए । आन्तरिक निर्वाचनमा आम निर्वाचनभन्दा चर्को रुपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्‍यो भने बैठकमै नआउने कांग्रेस पार्टीको समस्या भएको उनले स्पष्ट पारे ।

“केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ । यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ”,  मन्त्री डा महतले भने, “हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलगअलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ ।” उनले भने, “संसदमा हाम्रो तीन गुण बढी सङ्ख्या छ, यद्यपि यो परिस्थितिमा गठबन्धन सरकार बनेको हो । हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो । यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी काही पुग्दैनौँ । सङ्गठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकअर्कालाई सहने, सम्मान गर्ने, एकअर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ । यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन ।”.

प्रवक्ता डा महतले भने, “धेरै नकारात्मक परिस्थिति भएको अवस्थामा म अर्थमन्त्री भएको थिएँ, बजेट बनाउने समय मसँग दुई महिना पनि थिएन, विना प्राथमिकताका ठेक्कामुखी आयोजना अगाडि बढाइएको थियो । समस्याको पहाड थियो । कोभिडका बेला मौद्रिक नीति सरल बनाइयो, ऋण उपयोग गर्ने ठाउँ नै थिएन ।”

पछिल्लो समय विभिन्न स्वार्थ समूहले सताएको बताउँदै अर्थमन्त्री डा महतले भने, “इमान्दार, पारदर्शी र समर्पित भएर काम गर्दा कतिपय स्वार्थ समूह मेरा विरुद्ध खिनिएका छन् । जहाँ पुग्न पनि सहज छ अचेल, यसले खत्तम गर्‍यो भनेर दौडादौड गर्नेको यहाँ कमी छैन ।”

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ५२ बजे

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला

नवलपुर– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले निर्वाचनको बेला आफूले

न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी

प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई  

दोलखा– बिहीबार देखि शुरु भएको प्रथम पशुपति चौलागाईं स्मृति कप

संसद्को गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैन : महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक संकटका

सहकारी विभागलाई नियमित जानकारी दिँदै कामपाका सहकारी

काठमाडौं– काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था