सुरुमै उपचार भए क्यान्सर निर्मूल हुन्छ « Khabarhub

सुरुमै उपचार भए क्यान्सर निर्मूल हुन्छ

विद्यालय तहदेखि नै क्यान्सरबारे चेतना फैलाउनुपर्छ



नेपालमा पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएका छन्। क्यान्सर भन्ने बित्तिकै आम मानिसले ठूलो समस्याका रुपमा लिने गरेका छन्। तर, चिकित्सकले समयमै पहिचान भए अन्य रोगको भन्दा क्यान्सरको उपचार राम्ररी हुने बताएका छन्। सुरुकै अवस्थामा थाहा भएर उपचार भएमा क्यान्सर निर्मूल हुने बताइन्छ। क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले क्यान्सरको विषयमा राख्नुभएको धारणा :

म क्यान्सर रोग विशेषज्ञ भएको कारणले क्यान्सर रोगलाई हाम्रो शिक्षा प्रणालीमा समायोजन गर्न सकिन्छ जस्तो लाग्छ। नेपालमा क्यान्सरबारे जनचेतना कसरी बढाउन सकिन्छ भन्ने विषयमा फोकस हुनुपर्छ। हाम्रो समाजमा क्यान्सर भन्ने बित्तिकै मृत्युको कारक वा मृत्युदण्ड जस्तो नै सोच्नु हुन्छ। त्यो हाम्रो जनचेतनाको कमीको कारणले भएको हो।

अहिले क्यान्सर रोग लाग्ने बित्तिकै नेपाल सरकारले एक लाख रुपैयाँ दिन्छ। त्यो एक लाखले क्यान्सरको सुरुको अवस्थाको उपचार गर्न सकिन्छ। अरू उपचारको लागि थप उसलाई पैसा जुटाउने समय प्रशस्त मिल्छ।

क्यान्सरलाई हामीले सुरुको अवस्थामा केयर गर्यौँ भने ९९.९ प्रतिशत निको भएर जान्छ। सुरुको अवस्थामा थाहा भए यसलाई निर्मूल नै गर्न सकिन्छ। सुरुमा नै राम्ररी उपचार गर्यो भने मधुमेह, प्रेसर, थाइराइड भन्दा पनि यसको उपचार राम्रो गरी नेपालमा नै गर्न सकिन्छ। हामीले गरिराखेका छौं। त्यसैले बढी फोकस जनचेतना र सचेतनामा हुनुपर्छ भन्ने लाग्छ।

हामीले विद्यालय तहदेखि नै क्यान्सरबारे चेतना फैलाउनुपर्छ। एमबीबीएसमा पनि क्यान्सरको पाठ्यक्रम बनाउनुपर्छ। फ्ल्मिहरुमा पनि यसको चर्चा गर्नु आवश्यक देखिन्छ। कसैको कुनै रोगले मृत्यु भएपछि यसलाई क्यान्सर भयो भनेर भन्ने प्रविधिलाई रोक्नुपर्छ। धूम्रपान र मद्यपानलाई हामीले रोक्नुपर्छ। धूम्रपान र मद्यपानसँग सम्बन्धी सामग्री किनबेचमा पनि रोक लगाउनुपर्छ। सबै मेडिकल संस्थाबाट क्यान्सर रोगलाई कसरी समयमा पहिचान गर्ने र नियन्त्रण गर्ने भनेर सबैले ध्यान दिनु आवश्यक छ।।

महिलाहरूमा धेरै हुने भनेको पाठेघरको मुखको क्यान्सर हो। जुन ह्युमन प्यापिलोमा भाइरसको कारणले हुन्छ। यदि यो भ्याक्सिन सरकारले फ्रिमा उपलब्ध गरायो भने हामीले हाम्रा दिदी बहिनी बचाउन सक्छौ। यो ठूलो विषय होइन। यसको लागि ९ वर्षदेखि १५ वर्षसम्मका दिदीबहिनीलाई दुई डोज दिए पुग्छ। त्यसका अलावा १५ देखि २६ वर्षका किशोरी र युवतीलाई तीन डोज दिनुपर्ने हुन्छ।

क्यान्सर लागेपछि बिरामी पनि मर्छ र घर जग्गा पनि बेच्नु पर्दछ भन्ने सोचाइ भएको कारणले उपचारमा नै नजाने प्रचलन छ। यो नकारात्मक चित्रणलाई परिवर्तन हामीले नै गर्ने हो। त्यसको लागि प्रत्येक मेडिकल कलेजमा क्यान्सरसम्बन्धी अध्ययन र अनुसन्धानका लागि विभाग खोल्नुपर्छ। त्यो भयो भने भोलि विद्यार्थी अरू फिल्डमा जान्छन् र जनचेतना फैलाउँछन्।

नेपालमा धेरै माग नहुने भएकाले क्यान्सरको औषधि महँगो हुन्छ। भरखरै एउटा कम्पनीले क्यान्सरको औषधि सुरु गरेको छ। हाम्रो मागलाई त्यसले पुरा गर्न सक्छ कि सक्दैन। त्यसैले हामीले यो क्यान्सर सम्बन्धीका औषधि बनाउने कम्पनी नेपालमा नै खोल्न सक्यौ भने औषधि सहजै उपलब्ध हुनसक्छ।

त्यसैले हामीले क्यान्सरबारे विद्यालय शिक्षादेखि चेतना फैलाउनुपर्छ। धूम्रपान र मद्यपानको सेवन र बिक्री वितरणमा कडाइ गर्न सक्नुपर्छ। धूम्रपान र मद्यपानलाई रोक्न सकियो भने क्यान्सर रोगबाट बच्न सकिन्छ। (खबरहबले आयोजना गरेको ‘चिकित्सा शिक्षाको चुनौती र नेपालको स्वास्थ्य प्रणाली’ विषयक कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले राखेको धारणाको सम्पादित अंशः)

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ७ : ४९ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई