सांगीतिक भ्रमणका क्रममा गायक लामा अमेरिकामा  | Khabarhub Khabarhub

सांगीतिक भ्रमणका क्रममा गायक लामा अमेरिकामा 


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक विजय लामा सांगीतिक भ्रमणका क्रममा अमेरिकामा छन् । डेढ दशकपछि अमेरिकाका विभिन्न राज्यमा  आफ्नो सांगीतिक प्रस्तुति लिएर गएका गायक लामाले जनवरी २९ मा टेक्सास र फेब्रुअरी ११ मा क्यालिफोर्नियामा आफ्नो प्रस्तुती दिँदै छन् । 

सांगीतिक कार्यक्रमको सिलसिलामा गत हप्ता अमेरिका उडेका गायक लामाले २८५९ औँ सोनाम ल्होछारको अवसरमा तामाङ समाज अमेरिकाद्वारा आयोजित दम्फु साँझमा  अमेरिकाको न्युयोर्क राज्यस्थित कुइन्स शहरमा दम्फु साँझमा दिएको प्रस्तुतिमा ठूलो सङ्ख्यामा नेपालीहरूको उपस्थिति थियो । 

सो अवसरमा गायक लामाले तमाङ भाषाको नबोल्ने माया बोलिदेउ, ए कान्छी भोलि फर्की आउँछु आउँदिन, तोङ्बाको तातो पानी, नखानु पानी तोङ्बाको लगायतका गीतहरू गाउँदा दर्शक मज्जैले झुमेका थिए । गायक लामाले केही समयअघि मात्रै नलाऊ भन्छु माया बोलको गीत बजारमा ल्याएका थिए । 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : ४३ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना