ओलीको औँलामा नाचिरहेका रवि, राजेन्द्र र राउत | Khabarhub Khabarhub

ओलीको औँलामा नाचिरहेका रवि, राजेन्द्र र राउत


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सत्ता गठबन्धन यतिबेला राष्ट्रपति कसलाई बनाउने भन्ने गम्भीर छलफलमा छ । एमाले र माओवादीबीचमा राष्ट्रपतिको मुद्दा टुंगिएको छैन । कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नु प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ग्रीन सिग्नल छ ।

एमालेबाट दुई कार्यकाल राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीको कार्यशैलीबाट आजित भएका प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने विकल्पमा खुला छन् ।

तर माओवादीसँगको भागबण्डामा राष्ट्रपति एमालेले पाउने दाबी गर्दा अध्यक्ष केपी शर्मा ओली चिन्तित छन् । सभामुख एमालेबाट बन्दा राष्ट्रपतिमा माओवादीले कांग्रेस उम्मेदवारलाई सघाउने सम्भावना देखिएको छ ।

यसर्थ पनि ओलीको चिन्ता यतिबेला राष्ट्रपति कसलाई बनाउने र माओवादीलाई कसरी फकाउने भन्नेमा केन्द्रित छ । तर ओलीले ठूला पदमा मनोमानी चलाइरहँदा साना दलका ठूला नेतालाई भने फनफनी नचाइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने यतिबेला चर्को विवादमा छन् । उनले हत्या आरोप लागेर फरार रहेका सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न सकेका छैनन् । गृहमन्त्रीले प्रहरी लगाएपनि ओलीले प्रहरीलाई रोकिरहेका छन् । अनि सांसद लक्ष्मीलाई संरक्षण दिइरहेका छन् ।

यसले रवि लामिछाने चर्को विवाद र आलोचनामा तानिएका छन् । सांसद प्रकरण ओझेल पार्न माइतीघरमा न्याय मागिरहेकी रुबी खानलाई पक्राउ गर्न गृहमन्त्री रबि लामिछाने बाध्य छन् ।

यतिबेला नयाँ शक्ति, युवा शक्ति र परिवर्तनको शक्ति भनिने राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछाने ओलीले गर्दा आफ्नै अस्तित्व संकटमा छन् । नागरिकता विवादले गर्दा सांसद र मन्त्री पद नै धरापमा परेका बेला उनी ओलीको औलामा नाच्न बाध्य देखिन्छन् ।

जसकारण विगतमा पत्रकार हुँदा उनले नेताहरुको आलोचना गरिरहेका भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसले उनको आलोचना मात्रै होइन, स्वतन्त्र पार्टीप्रतिको मतदाताको धारणा पनि परिवर्तन भइरहेको छ ।

यस्तै राजेन्द्र लिङ्देन यतिबेला उपप्रधान तथा ऊर्जामन्त्री छन् । भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो भन्ने उनी यतिबेला मन्त्री बनेर सबैभन्दा धेरै भ्रष्टाचार हुनेमध्ये एक ऊर्जामन्त्रालयको कमान्डमा छन् ।

एमालेसँग मिलेकै कारण धेरै राप्रपा उम्मेदवारलाई जिताएका उनी पनि ओलीको औँलामा नाच्न बाध्य छन् । विवादित विक्रम पाण्डेलाई मन्त्री बनाएका कारण उनी चर्को आलोचनामा छन् ।

श्रममन्त्रीको कारण रवि र सहरी विकासमन्त्रीका कारण राजेन्द्र लिङ्देन चर्को आलोचना खेपिरहेका छन् । नागरिकमा निराशा थपिएका बेला हिजोका दिनमा सरकारमा जाँदैनौँ भन्ने रवि र राजेन्द्र आज ओलीको फेरोमा घुमेर मन्त्रीको कुर्सीमा फन्किदै आफूप्रति नागरिकको भरोसा गुमाइरहेका छन् ।

यस्तै ओलीको स्वार्थमा मधेसकेन्द्रित दल जनमत पार्टी पनि छ । जनमतका अध्यक्ष सीके राउत पनि ओलीकै इशारामा यतिबेला राजनीति गरिरहेका छन् । रवि, राजेन्द्र र राउतलाई हातमा लिएर ओली माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई ‘साइज’मा राख्न खोजिरहेका छन् ।

सत्ताको बहुमत आफूसँग भएको देखाउँदै ओली प्रचण्डलाई आफैसँग राख्ने प्रयत्नमा छन् । तर प्रचण्ड ओलीभन्दा बढी देउवासँग भरोसा गर्छन् । जसकारण नेताहरूको स्वार्थले गर्दा यतिबेला राजनीतिमा शंकाको वातावरण बिथोलिएको छ ।

त्यो भन्दा ठूलो कुरा साना दलले मतदाताका कारण ऐतिहासिक अवसर पाउँदा ठूला दलका नेताहरुको इशारामा घुम्दा आफ्नै क्रेज ‘डाउन’ गरिरहेका छन् । यस्तै अवस्था रहे अब उनीहरु सरकारमा ‘टेस्टेड’ भएर अर्को चुनावमा जनताबाट फेरि पाखा लाग्न सक्ने जोखिम बढ्दो छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १ : १९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०