बजारमा तरुलको माग बढ्दो « Khabarhub

बजारमा तरुलको माग बढ्दो


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– नवलपरसी (बर्दघाट सुस्तापूर्व)  बाट यस वर्षको माघेसङ्क्रान्तिमा तरुल जिल्ला बाहिर बढी बिक्री भएको जनाइएको छ । यस वर्ष जिल्लाबाट एक सय टन तरुल बिक्रीबाट डेढ करोड बढी आम्दानी भएको व्यवसायीले बताएका छन् । जिल्लाको हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा तरुल राम्रो उत्पादन हुने गर्दछ । त्यहाँ उत्पादित वन तरुल प्रतिकेजी सय, पञ्जे तरुल ८० र मुढे तरुल ५० का दरले पोखरा र काठमाडौँ निर्यात गरेर डेढ करोड आम्दानी भएको थोक बिक्रेता लालबहादुर सारुले बताए । 

पुसको अन्तिम साताबाट तरुलको व्यापार भएको सारुले बताए। ‘पहिला तरुलको माग यति धेरै थिएन, बजारीकरणको समस्याले तरुलको व्यापार नभए पनि विगत तीन वर्षदेखि मकरसङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ’, उनले भने, ‘जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती अझै हुनसकेको छैन’, सारुले भने, ‘कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर पर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल खानैपर्ने हिन्दु परम्पराअनुसार यसको व्यापार पनि निकै फस्टाएको हो ।’

जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन ।  जिल्लाको पहाडी क्षेत्रका जंगल र खेतबारीमा उत्पादित तरुल तथा सक्खरखण्डको माग प्रशस्त छ । कावासोतीसहित दलदले क्षेत्रमा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको व्यवसायी कृष्णबहादुर सारुले बताए ।

‘नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको छ’, सारुले भने, ‘जिल्लाको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाडौँ पठाउने क्रम हिजो आज पनि जारी छ ।’

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : १४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना