सेयर बजारमा ८.१५ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ८.१५ अंकको वृद्धि


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजारमा मंगलबार कारोबार रकम घटेको छ । कारोबार रकम घटे पनि परिसूचक भने ८.१५ अंकले बढेर २१७३.२५ विन्दु आएर रोकिएको छ । 

कुल १०९ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १० को स्थिर रह्यो । सोमबार भने ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको थियो । २४८ कम्पनीको कारोबारमा ८३ लाख १८७ कित्ता सेयर खरिदबिक्री हुँदा मंगलबार ३ अर्ब भन्दाबढीको कारोबार भएको छ ।

विकास बैंक ९, फाइनान्स ७७, होटल तथा पर्यटन १०, जलविद्युत् २८, जीवन बीमा १, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ६०, अन्य ३९ र ब्यापार उपसमूह ४ अंक बढे । सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशत वृद्धि भएको छ ।

 सूर्योदय लघुवित्तको ९.७ प्रतिशत र मैलुङखोलाको मूल्य सबैभन्दा धेरै ५.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, माथिल्लो तामाकोसी र एनआईसी एसिया बैंक अगाडि रहे ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : १६ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र