नेकपा एसमा आउन वामदेव गौतमलाई माधव नेपालको प्रस्ताव « Khabarhub

नेकपा एसमा आउन वामदेव गौतमलाई माधव नेपालको प्रस्ताव


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् । 

अध्यक्ष नेपालको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै चाँडै निर्णय गर्न गौतमले जवाफ दिएका छन् । भेटका क्रममा अध्यक्ष नेपालले गौतमलाई अध्ययनका लागि   एकीकृत समाजवादीका दस्तावेज प्रदान गरेका छन् । दस्तावेजको अध्ययनपछि मात्र एकीकृत समाजवादीमा आउने या नआउने विषयमा गौतमले निर्णय लिने भएका छन् । 

सो भेटमा एकीकृत समाजवादीका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधर पनि सहभागी थिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ५ : २२ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन