मधेस प्रदेशको मन्त्रिपरिषद्ले शुक्रबारसम्म पूर्णता पाउने « Khabarhub

मधेस प्रदेशको मन्त्रिपरिषद्ले शुक्रबारसम्म पूर्णता पाउने


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । सत्ता गठबन्धन दलबीच सहमति हुन नसक्दा प्रदेश सरकारले पूर्णता पाउन नसकेको खबर आइरहेका बेला उहाँले दलहरूबीच सरकार विस्तारमा कुनै समस्या नरहेको बताए । उनले शुक्रबार विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको जानकारी दिए ।

“सत्ता गठबन्धनमा विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भनेर प्रचार गरिएको विषयमा म पनि जानकार छु”, मुख्यमन्त्री यादवले भने, “हामीबीच कुनै विवाद छैन । कुन पार्टीले कति र कुन मन्त्रालयको जिम्मा पाउने भनेर मोटामोटी समझदारी भएको छ । अब शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।” मुख्यमन्त्री यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्र काठमाडौँमा रहेकाले शुक्रबारसम्म पर्खिनुपरेको र उनी बिहीबार फर्केपछि मन्त्रिपरिषद् विस्तार गरिने प्रष्ट प्रस्ट पारे ।

मुख्यमन्त्री यादवको सिफारिसमा गत पुस २९ गते उहाँसँगै थप तीन जना प्रदेशसभा सदस्य, एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादव, जनता समाजवादी पार्टी (जसपा) का सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहले बिनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका थिए। जसपा मधेस प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवले माघ ३ गते विश्वासको मत लिएको एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन भने तीन जना मन्त्रीले पनि कुनै जिम्मेवारी पाएका छैनन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : ०४ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी