दोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर « Khabarhub

दोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ – दोर्दी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पालिकाको पशुपन्छी शाखाको आयोजनामा वडा नं १ भारतेमा आज आयोजित एक दिने सो शिविरमा एक सय २६ किसान लाभान्वित भएका छन् ।

सो शिविरमा दुई हजार १३ पशुपन्छीको उपचार तथा औषधि वितरण भएको छ । पचास वटा कुकुरमा रेविज विरुद्धको खोप लगाउनुका साथै तीन सय ४० गाईभैँसी र आठ सय ५० वटा भेँडाबाख्राका लागि आन्तरिक तथा बाह्य परजीविका कारण लाग्ने रोग विरुद्धका औषधि वितरण गरिएको पशुपक्षी शाखा प्रमुख शङ्कर पन्थीले बताए।

त्यसैगरी सात सय ७३ वटा कुखुराका औषधि वितरण गरिएको छ । भिटामिन तथा सिजनअनुसार लाग्ने रोग नियन्त्रणको लागि औषधि वितरण भएको हो । शाखा प्रमुख पन्थीले भने, “हामीले तीन ठाउँमा यस्ता कार्यक्रमका लागि साढे एक लाख रुपैयाँ बजेट विनियोजन गरेका थियौँ, यही मात्रै करिब एक लाख रुपैयाँ बराबरको औषधि वितरण भएको छ ।” केही दिन अघि पालिकाको वडा नं ९ हिलेटक्सारमा यस्तै शिविर आयोजना गरिएको थियो ।

अब आगामी १८ गते वडा नंं ८ बन्सारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने पालिकाको पशुपन्छी शाखाले जनाएको छ । पशु स्वास्थ्य रेविज रोग नियन्त्रण र पशुपन्छीको स्वास्थ्य भई उत्पादन बढाउने उद्देश्यका साथ यस शिविर सञ्चालन गरिएको शाखाका प्रमुख पन्थीको भनाइ छ । शिविरमा किसानलाई पशुमा लाग्ने रोगका बारेमा जानकारी दिनुका साथै पशुरोगबाट बच्ने उपायका बारेमा छलफल तथा परामर्श प्रदान गरेको थियो ।

पन्थीको नेतृत्वमा चार कर्मचारी खटिएका थिए । यस शिविरको उद्घाटन गर्नुहुँदै वडा नं १ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले वडाभित्रका किसानलाई पशुपन्छीमा लाग्ने रोग, उपचारलगायत बारेमा जानकारी हुनुका साथै उपचार पाएपछि उनीहरू लाभान्वित भएको बताए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : ५० बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा