राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै  « Khabarhub

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै 


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक अपरान्ह १२ः३० बजेका लागि बोलाएका हुन्।

 राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

 सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच भावी राष्ट्रपतिको विषयमा सहमति हुन नसकिरहेको बेला सोही सत्तारुढ गठबन्धनका एक घटक राप्रपाले बैठक बोलाएर ‘पोजिसन क्लियर’ गर्न खोजेको बुझिएको छ । 

 राप्रपा भित्र पनि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने कि सत्ताको सहयोगी दल नेकपा एमालेलाई समर्थन गर्ने भन्नेमा दुई धार देखा परे पछि एकै धारणा बनाउनका लागि बैठक बोलाउन लागिएको राप्रपाका एक नेताले बताए । 

उनका अनुसार सो पार्टीका नेता पशुपतिशमशेर राणा पक्षधर कांग्रेसका उम्मेदवारका पक्षमा उभिने संकेत पाए पछि अध्यक्ष लिङदेनले साझा धारणा बनाउनका लागि बैठक बोलाएको हुन् । 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : १८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४