रुस युद्धले फेरिएको अमेरिकाको आप्रवासी नीति | Khabarhub Khabarhub

रुस युद्धले फेरिएको अमेरिकाको आप्रवासी नीति


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जब दुई युक्रेनी शरणार्थी ओलेसा र सेर्ली अमेरिका पुगे त्यहाँको न्यानो अभिवादनले उनीहरूलाई आश्चर्यमा पारेको छ। देशको सबै भन्दा ठूलो मिनोस्टा मलको वातावरणले उनीहरूलाई अझै आश्चर्यमा पारेको छ। ‘यो साँच्चै महत्त्वपूर्ण अनुभव हो,’ ओलीसाले भनेकी छिन्, ‘यहाँ केही आत्मीय मानिस भएको हामीले महसुस गरेका छौं। यस कारण हामी उत्साही भएका छौं।’

एक वर्ष अघि नै युक्रेनमा रुसले आक्रमण गरेपछि यो जोडीले डिनाप्रो छाडेको हो। छोटो समयका लागि उनीहरू इटाली पुगेका हुन्। त्यहाँ उनीहरुसहित एक सय जना एक शिविरमा बसेका थिए। गत महिना १ लाख ९ हजारले अमेरिकामा शरणार्थीको रूपमा जीवन बिताउने अवसर पाएका थिए। यी मध्ये यो जोडी पनि थियो। युक्रेन र अमेरिकाको बीचमा दुई वर्षका लागि अमेरिका आएमा उनीहरूले नै प्रायोजन गर्ने गरी सम्झौता भएको थियो। अहिले वाइडेन सरकारका लागि शरणार्थीका लागि थप कार्यक्रम ल्याउन दबाब परेको छ।

अल्बामा बसोबास गर्ने केली ह्विलरले पनि युक्रेनीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसरी समस्यामा परेका धेरै युक्रेनीलाई साथ चाहिएको बताएकी छिन। ह्विलर र मेडिसनले व्यवस्थापन गर्नका लाग आफूले हेरेको युक्रेनीका लागि फर्निचरको पनि प्रयोग गर्ने गरेका छन्।

यो कार्यक्रम अनुसार प्रायोजन गर्न चाहने अमेरिकीले युक्रेनबाट आउनेलाई आधारभूत आवश्यकताका लागि सहयोग गर्न सक्छन्। अभियन्ताले प्रायोजन गर्ने व्यक्ति तथा शरणार्थीको बीचमा सम्बन्ध शर्त भन्दा पनि अघि बढी सकेको छ। युक्रेनलाई अमेरिका प्रस्थान गर्नका लागि अनलाइन प्लेटफर्म तयार गर्ने तथा प्रायोजन गर्ने संस्थाका प्रमुख एनी म्याककुरेले त्यहाँको अवस्था शक्तिशाली र जीवन नै परिवर्तन किसिमको भएको बताएकी छिन्।

उनकै अनुभवमा त्यहाँको आतिथ्य पारदर्शी भएको र त्यहाँ पुगेका युक्रेनीलाई नयाँ जीवनसहित बाच्न प्रेरित गर्ने किसिमको छ। म्याककुरकै विचारमा कानुन व्यवसायी जाने सारगरर सहमत छिन्। उनको विचारमा पनि युक्रेनलाई अहिले साथ र सहयोगको आवश्यकता छ। सारगररले पनि ओलेसा सेरेलीसहित धेरै जनालाई प्रायोजन गरेकी छिन्। उनले युक्रेनी परिवार समस्यामा परेको थाहा पाएर सहयोग गर्न पाएकोमा उत्सुक भएको बताएकी छिन्। अल्बामा बसोबास गर्ने केली ह्विलरले पनि युक्रेनीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसरी समस्यामा परेका धेरै युक्रेनीलाई साथ चाहिएको बताएकी छिन। ह्विलर र मेडिसनले व्यवस्थापन गर्नका लाग आफूले हेरेको युक्रेनीका लागि फर्निचरको पनि प्रयोग गर्ने गरेका छन्। त्यहाँ समुदायका अन्य निकायबाट पनि त्यत्तिकै सहयोगको आएको छ। खासमा चर्च र छिमेकीबाट। अहिले ठुलो समूह नै युक्रेनीलाई सहयोग गर्न तल्लीन छ।

युक्रेनी शरणार्थी अहिले अमेरिकामा एक जुट छन्। उनीहरूलाई देखेर अहिले अन्य देशका धेरै मानिस आश्चर्यमा परेका छन्। अमेरिकी नीति पनि परिवर्तन भएको छ। वाइडेन प्रशासनले निकारागुवा, हाइटी, भेनेजुएला र क्युबाबाट मासिक ३० हजार जना शरणार्थी भित्र्याउन छुट दिएको छ।

ह्विलरले सहयोग गरेको भिक्टोरिया कुज्नेतसोभाको वास्तविक घर दक्षिण पूर्वी युक्रेनको मेलटिपसल हो। त्यस स्थान रुसले कब्जामा लिइसकेको छ। रुसले आक्रमण गरेपछि उनी आफ्नो कानुन व्यवसायीको क्यारियर अगाडि बढाउन अवरोध सिर्जना भएको महसुस गरेकी थिइन्। जुन महिनामा अमेरिका पुग्नु भन्दा अगाडी उनी इजरायल पुगेकी थिइन्। अहिले उनी अल्बामाको एक सुपर मार्केटमा क्यासियरको रूपमा कार्यरत छिन्। उनको साथमा सात वर्षीय छोरा आर्टम पनि छ।

उनले यस काममा आफू रमाइ रहेको तथा यो नितान्त नौलो किसिमको अनुभव भएको बताएकी छिन्। त्यहाँका हरेक व्यक्ति मिलनसार छन्। उनी आएको स्थान र त्यहाँको जीवनका बारे सबैले चासो दिएको देख्दा उनलाई रमाइलो महसुस हुन्छ।

अहिले उनी आफ्नो छोरासहित युक्रेन भन्दा एक हजार माइल पर रमाइलो जिन्दगी बिताइरहेकी छिन्। उनी सुरक्षित पनि छन्। तर, विस्तारै उनलाई पुराना दिनको यादले भने सताउन थालेको छ। जाडो याममा नै उनले रुसी र युक्रेनी दुवै देशमा वक्ता बोलाएर युक्रेन युद्धको असर बारे धारणा राख्न लगाएकी थिइन् उनका देवर भने अहिले त्यसै युद्धको अग्र मोर्चामा रहेर लडिरहेका छन्। उनलाई पनि अहिले डोन्सटकको डरलाग्दो स्थानमा रहेका आफ्ना देवरको चिन्ता लाग्न थालेको छ। उनलाई दिनभर रुसी कब्जामा रहेको डोन्सटकको भूभागमै रहेका आफ्ना परिवारको चिन्ता लाग्न थालेको छ।

विगतको नीति भन्दा यो नीति फेरिएको छ। प्रायोजकसँग सम्पर्कमा जानु अघि उनीहरू शरणार्थी भएको प्रमाणित भएको हुनुपर्छ। अहिले उनीहरू सिधै पुनर्स्थापना आयोगको सम्पर्कमा जान सक्छन्।

युक्रेनी शरणार्थी अहिले अमेरिकामा एक जुट छन्। उनीहरूलाई देखेर अहिले अन्य देशका धेरै मानिस आश्चर्यमा परेका छन्। अमेरिकी नीति पनि परिवर्तन भएको छ। वाइडेन प्रशासनले निकारागुवा, हाइटी, भेनेजुएला र क्युबाबाट मासिक ३० हजार जना शरणार्थी भित्र्याउन छुट दिएको छ। उनीहरू दुई वर्षका लागि अमेरिका आउने छन्।

जनवरी महिनामा वाइडेन प्रशासनले पाँच हजार शरणार्थीलाई सहयोग गर्न तयार भएको पाँच हजार अमेरिकीको नामावली तयार पारेको थियो। युक्रेन र अफगानिस्तानका लागि अमेरिकाले बनाएको यो नयाँ नीतिबाट लाभान्वित हुनेको सङ्ख्या छ । अमेरिकापछि क्यानडाले पनि यो सिको गरेको छ। यो कार्यक्रमले अहिले तीन लाख ६८ हजारलाई पुनर्स्थापना पनि गरेको छ।

यसका लागि अमेरिकनले दुई हजार तीन सय ७५ अमेरिकी डलर तत्काल उठाउन आवश्यक छ। तर, यत्तिले मात्र पक्कै पुग्दैन। उनीहरूले काम नपाएसम्म आधारभूत आवश्यकता प्रदान गरिएको छ। विगतको नीति भन्दा यो नीति फेरिएको छ। प्रायोजकसँग सम्पर्कमा जानु अघि उनीहरू शरणार्थी भएको प्रमाणित भएको हुनुपर्छ। अहिले उनीहरू सिधै पुनर्स्थापना आयोगको सम्पर्कमा जान सक्छन्।

म्याककुरले शरणार्थीलाई सहयोग गर्न यो सही बाटो भएको ठहर गरेकी छिन्। यसले सहयोग गर्न इच्छुक र सक्षम अमेरिकीलाई एक स्थानमा उभ्याएको छ। मानव अधिकारवादी सङ्गठन एलाइटका कार्यकारी प्रमुख जोसलीन वायटले पनि अमेरिकाको नयाँ नीतिले प्रायोजक र शरणार्थी दुवैलाई फाइदा पुगेको बताएका छन्। उनको विचारमा यसले उदारता तथा अप्ठेरोमा परेका सबैलाई उनीहरू तयार हुन्छन् भन्ने सन्देश संसार भर पुगेको बताएका छन्। सहयोगी भावनाका अमेरिकीलाई यसले एउटै मियोमा बाँधेको समेत उनको मत छ।

मानवताको सामु राष्ट्रिय परिचय गौण विषय हो भन्ने अमेरिकीले फेरि पुष्टि गरेका छन्। यो सँगै आप्रवासी नीतिमा पनि परिवर्तन भएको छ।

शरणार्थीलाई सहयोग गर्ने कामको जिम्मेवारी लिने काम साँच्चै चुनौतीपूर्ण छ। आर्थिक भार त पर्ने नै छ। शरणार्थीमा रहेको सांस्कृतिक भिन्नताका कारण पनि एकै स्थानमा व्यवस्थित गर्न उनीहरूलाई कठिन हुन सक्ने छ। सारगररकै विचारमा यो वजनदार काम हो। साथमा रमाइलो पनि। यसले संसारलाई भावनात्मक रूपमा पनि एकत्रित गराउन सक्ने उनको ठहर छ। युद्धका धेरै खराब पाटा हुन्छन् नै। तर अहिले अमेरिकीमा देखिएको यो भावनाले युद्धले पनि भावनात्मक रुले संसारलाई कसरी एकत्रित गराउन सक्छ भन्ने देखिएको छ। मानवताको सामु राष्ट्रिय परिचय गौण विषय हो भन्ने अमेरिकीले फेरि पुष्टि गरेका छन्। यो सँगै आप्रवासी नीतिमा पनि परिवर्तन भएको छ। स्रोत : बीबीसी

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ०१ बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख