बेसार खेतीतर्फ युवाको आकर्षण बढ्दो « Khabarhub

बेसार खेतीतर्फ युवाको आकर्षण बढ्दो


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापा कचनवल गाउँपालिका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर कचनकवलका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेतीमा लागेका हुन् । नेपालगञ्जबाट हलेदो जातको बेसारको बीउ ल्याएर गत वर्षदेखि व्यावसायिक खेती सुरु गरिएको ३२ वर्षीय युवा कृषक प्रदीप थापाले बताए ।

कचनकवलसँग सीमा जोडिएको भद्रपुर–१ मा पाँच बिघा १० कठ्ठा जग्गा वार्षिक एक लाख ५० हजार तिर्ने गरी भाडामा लिएर बेसार खेती थालेको उनको बताए । पहिलो वर्ष ६० हजार केजी बेसार उत्पादन भएको उनले बताए। ‘पहिलो वर्ष राम्रो उत्पादन भयो’, उनले भने, ‘यसपटक ४० देखि ५० हजार केजीसम्म उत्पादन हुने अनुमान छ ।’

सुरुमा बजार अभाव हुँदा निकै समस्या भएको उनले तीतो अनुभव सुनाए। ‘बेच्न धेरै गाह्रो भयो, किन्छौँ भनेर आश्वासन दिएकाहरूले नलगेपछि कतिपय बेसार बिग्रियो’, उनले भने, ‘थोरबहुत सहकारीले बीउको लागि किनेर लग्यो, त्यसपछि सुकाएर राख्यौँ ।’

स्थानीय सामग्रीको प्रयोग गरेर ड्रमबाट बेसार प्रशोधन गर्ने उपकरण बनाएर बेसार प्रशोधन गरेको उनले बताए। काँचो बेसार नबिकेपछि साथी कृषि फार्म तथा प्रशोधन केन्द्र स्थापना गरेर आफ्नै ब्राण्डको ‘साथी बेसार’ बिक्री गर्न थालिएको छ भने बेसारको बीउसमेत बिक्री गर्ने गरिएको छ ।

बेसारको धुलो बनाएर करिब तीन हजार केजी बिक्री गरेको अर्का कृषक गोविन्द राजवंशीले बताए। बेसार खेतीबाट पहिलो उत्पादन गर्न १२ लाख खर्च भएको उनले बताए । खेतीमा अर्ग्यानिक उत्पादनलाई जोड दिँदै गाईको गोबर मल र कुखुराको सुली मल प्रयोग गर्ने गरिएको छ ।

धुलो बेसार प्रतिकेजी तीन सयमा बिक्री गर्ने गरिएको छ । स्थानीय बजार, भद्रपुर र बिर्तामोडमा आफूहरूले उत्पादन गरेको बेसारको माग धेरै रहेको उनले बताए । ‘हामीले उत्पादन गरेको बेसार एकपटक प्रयोग गर्ने उपभोक्ताले अर्कोपटक हामीकहाँ नै आउनुहुन्छ, राम्रो प्रतिक्रिया पाइरहेका छौँ’, उनले भने, ‘थोरै हाल्दा पनि तरकारीमा बेसार लाग्छ, अर्ग्यानिक भएकाले स्वास्थ्यकर पनि छ ।’ व्यापारी र ग्राहकले प्रशोधन केन्द्रबाटै बेसार किनेर लाने गरेका छन् ।

भारतबाट आउने बेसारले भने स्थानीय उत्पादनका लागि चुनौती बनेको छ । भारतबाट व्यापारीले ल्याउने बेसार दुई सयदेखि दुई सय ५० मै बिक्री हुने भएकाले केही समस्या हुने गरेको छ । बेसार खेतीसँगै अन्य मसलाजन्य कृषि वस्तुको उत्पादन थाल्ने युवा कृषकहरूको योजना छ । आगामी वर्षदेखि धनियाँ खेती सुरु गर्ने सोच रहेको उनीहरू बताउँछन् ।

यता कृषि ज्ञान केन्द्र झापाले साथी कृषि फार्म तथा प्रशोधन केन्द्रलाई सात लाखसमेत अनुदान दिने भएको छ । बेसार प्रशोधनका लागि उक्त फार्म परेको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । ‘बेसार खेतीमा प्रोत्साहन गर्न अनुदान प्रदान गर्न लागिएको हो’, उनले भने, ‘यसले कृषकलाई प्रोत्साहन हुनुका साथै क्षेत्रफल बढ्ने विश्वास छ ।’

झापामा व्यावसायिक बेसार खेती खासै नभएको उनको भनाइ छ । ‘छिटपुटरूपमा कृषिकले खेती गर्दै आएका छन्’, उनले भने, ‘भारतबाट ठूलो परिमाणमा बेसार आयात हुने गरेको छ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ०२ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना