कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा हुँदै « Khabarhub

कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा हुँदै


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– कानुन व्यवसायी महिलाको ३०औँ राष्ट्रिय सम्मेलन आजदेखि पर्साको वीरगन्जमा सुरु हुँदैछ । त्यस अवसरमा आज बिहान यहाँ प्रभातफेरी गरिएको छ ।

सम्मेलनका अवसरमा वीरगञ्जको घण्टाघरबाट सम्मेलनस्थल टाउन हलसम्म प्रभातफेरी गरिएको छ । सम्मेलनको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उद्घाटन गर्ने कार्यक्रम छ । शनिबारदेखि केन्द्रीय कार्यकारिणी परिषद्को ४८औँ बैठक संयुक्तरूपमा हुने तय भएको छ । नेपाल कानुनी व्यवसायी परिषद्को तथ्याङ्कानुसार नेपालभर करिब तीन हजार कानुन व्यवसायी महिला छन् भने सम्मेलनमा तीन सयभन्दा बढी कानुनी व्यवसायी महिला सहभागी भएको बारका महासचिव अञ्जिता खनालले जानकारी दिइन्।

बारको कार्यकारिणी बैठकको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले उद्घाटन गर्ने कार्यक्रम छ । ‘पेशागत उत्कृष्टता हाम्रो प्रतिबद्धता’ नाराका साथ आयोजना गर्न गरिएको उक्त सम्मेलनमा बारले ‘वर्तमान अवस्थामा बारको भूमिका भावी कार्ययोजनासहितको मार्गचित्र’बारे छलफल गर्नेछ ।

त्यस्तै सम्मेलनले समग्र महिला अधिकारको अवस्था र स्वतन्त्र न्यायपालिकाका लागि कानुन व्यवसायी महिलाको भूमिका, संघीय संरचनामा महिला सहभागिता, पेशागत चुनौती, हिंसापीडितको न्यायमा पहुँचको अवस्था र निःशुल्क सहायतालगायत विषयमा विभिन्न विषयमा अवधारणापत्र र कार्ययोजनामाथि बृहत् छलफल गर्ने भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ११ : २५ बजे

बाबुरामले भने- जेन-जी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरेका हौँ

काठमाडौं– नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम

प्रतिनिधि छनोटमा ओलीको एकलौटी रोक्न पोखरेल पक्ष चनाखो

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशन यही २७ मङ्सिरबाट काठमाडौँमा हुँदै

दोलखामा थपिए ६ हजार बढी मतदाता

दोलखा– जिल्लामा आउँदो निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको

फुट्यो अशोक राई नेतृत्वको जसपा : राजेन्द्र श्रेष्ठसहित ६ नेता नेकपामा समाहित हुँदै

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ। मधेशवादी

भियतनाममा भीषण बाढी-भूस्खलन, कम्तीमा ९० जनाको मृत्यु

हनोई– भियतनाममा निरन्तर परेको भारी वर्षा, बाढी तथा भूस्खलनका कारण