राष्ट्रपति चयनका लागि दलहरुबीच सहमति आवश्यक : उपमहासचिव शर्मा | Khabarhub Khabarhub

राष्ट्रपति चयनका लागि दलहरुबीच सहमति आवश्यक : उपमहासचिव शर्मा


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि प्रमुख राजनीतिक दलकाबीचमा साझा सहमति हुन जरुरी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सहमतिका आधारमा राष्ट्रपति चयन हुने र मुलुकको समस्या समाधानका लागि पनि सबै दलबीच सहमति जरुरी रहेको बताए । उनले आफ्नो पार्टी राष्ट्रिय विषयमा प्रमुख दलहरुबीच साझा सहमति हुनुपर्छ भन्ने मान्यतामा रहेको उल्लेख गरे ।

राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने विषयमा आज साँझ बस्ने बैठकले टुङ्गो लगाउने उनको भनाइ थियो । पूर्वअर्थमन्त्री समेत रहेका नेता शर्माले मुलुकको सामु देखिएको आर्थिकलगायतका अन्य समस्या समाधानका लागि दलहरुबीचको एकता जरुरी रहेको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ४ : १७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास