बिदाका दिन पनि अत्यावश्यक सेवा दिने सरकारी कार्यालय खोल्ने सरकारको निर्णय « Khabarhub

बिदाका दिन पनि अत्यावश्यक सेवा दिने सरकारी कार्यालय खोल्ने सरकारको निर्णय


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कस्ता बिदामा कार्यालय खोल्ने भन्ने तोक्न बाँकी रहेको उनले बताइन् । बिदाका दिन कुन कार्यालय खोल्ने भन्ने विषयलाई मन्त्रिपरिषद्को प्रशासनिक समितिले टुङ्गो लगाउने छ । त्यस्ता बिदा र कार्यालयका नाम छिट्टै तोकिने उहाँले जानकारी दिइन् । अबदेखि त्यस्ता कार्यालय सार्वजनिक बिदा घोषणा भए पनि खुल्नेछन् ।

“सार्वजनिक बिदा घोषणा भएका दिन पनि त्यस्ता कार्यालय भने खुला रहनेछन् । बिदाका दिन कुनकुन कार्यालय खोल्ने भन्ने समितिले सूचीकृत गर्नेछ”, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् । बिदाका दिन र कार्यालयका नाम सूचीकृत भएपछि सार्वजनिक हुने उनको भनाइ छ ।

“जनताको सेवा प्रवाहका निम्ति महत्त्वपूर्ण ठानिएका मन्त्रालय, निकायले बिदाका दिन पनि काम गर्ने निर्णय भएको छ”, उनले भनिन् । कर्मचारीलाई सट्टा बिदा दिएर भए पनि कार्यालय सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ४ : ५७ बजे

इरान-अमेरिकाबीच पुनः हवाई र मिसाइल आक्रमण

एजेन्सी– मध्यपूर्वमा तनाव तीव्र बन्दै जाँदा इरान र संयुक्त राज्य

विश्वकप उद्घाटनसँगै विवाद

एजेन्सी– उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच मेक्सिको

चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप

गलकोट– बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोर

इरानलाई २२ देशको संयुक्त चेतावनी

एजेन्सी– संयुक्त राज्य अमेरिका, बेलायत, विभिन्न युरोपेली राष्ट्र तथा अस्ट्रेलियासहित

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ– अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा