राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबन्ने राप्रपाको‍ निर्णय « Khabarhub

राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबन्ने राप्रपाको‍ निर्णय


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

शनिबार राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्ने कार्यक्रम छ भने २५ फागुनमा मतदान हुनेछ । तर, राप्रपाले कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको हो ।

साथै राष्ट्रपति निर्वाचनसम्बन्धी अन्य विषयमा भने उपयुक्त समयमा बैठक बसेर निर्णय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ५ : ०३ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल