संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक : पम्फा भुसाल « Khabarhub

संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक : पम्फा भुसाल


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) की उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएकी छिन् ।

कृषि विकास बैंक कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले भनिन्, “हामीलाई राजनीतिक दलको प्रनितिधिभन्दा पनि संविधानको संरक्षण गर्ने राष्ट्रपति चाहिएको छ ।”

कुनै राजनीतिक दललाई सघाउने गरी राष्ट्रपति पद प्रयोग हुन्छ कि भन्ने आफ्नो पार्टीको चिन्ता रहेको उल्लेख गर्दै उनले भनिन्, “हामीलाई संवैधानिक राष्ट्रपति चाहिएको हो, दलीय भूमिका निर्वाह गर्ने र चर्चामा आउने राष्ट्रपति हामीलाई चाहिएको छैन ।”

वर्तमान राष्ट्रपतिले संविधानको मर्म विपरीत सरकारका कामकारवाहीमा अनावश्यक हस्तक्षेप गरेको आफूले अनुभव गरेको उल्लेख गर्दै उनले अब निर्वाचित हुने राष्ट्रपति संविधानको भावनाप्रति प्रतिबद्ध हुने विश्वास व्यक्त गरिन्।

देशको समृद्धिका लागि कृषि, ऊर्जा र पर्यटन नै मुख्य क्षेत्र भएको उल्लेख गर्दै उपाध्यक्ष भुसालले कृषिजन्य वस्तुको आयातलाई रोक्न सके पनि देशको अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरिन्। उनले कृषिसँग सम्बन्धित वित्तीय क्षेत्रले कृषि क्षेत्रलाई नै केन्द्रित गरेर कार्यक्रम ल्याउन सुझाव दिइन् ।

कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पछिल्लो आर्थिक अवस्थामा देशको अर्थतन्त्रसँगै कृषि विकास बैंकमाथि थुप्रै चुनौती देखा परेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न सहयोग गर्नुपर्ने बताए ।

उनले मानवीय स्रोत र साधनलाई व्यवस्थित गर्न सकेमात्र कुनै पनि संस्था अगाडि बढ्ने भएकाले यस क्षेत्रमा इमान्दारी कायम हुनुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका कार्यवाहक अध्यक्ष प्रेम खनालले बैंकको उद्देश्यमा आधारित भएर काम गर्नुपर्ने बताए । त्यसैगरी, सङ्गठनका निजामतीतर्फका अध्यक्ष हरि रावलले ट्रेड युनियन आन्दोलनलाई व्यस्थित बनाउँदै लैजानुपर्ने बताए । शुक्रबार र शनिबार चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा देशभरका तीन सय प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ५ : १२ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार