युक्रेनलाई थप दुई अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने अमेरिकी घोषणा « Khabarhub

युक्रेनलाई थप दुई अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने अमेरिकी घोषणा


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेको छ । युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरको नयाँ सैन्य सहायता ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको हो ।

“संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ,” राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले केवल न्युज नेटवर्क (सीएनएन) लाई बताए । यद्यपि उनले प्याकेजमा प्रदान गरिने सहायता र हतियारको विवरण दिएनन् ।

यसै साताको प्रारम्भमा अप्रत्यासित रूपमा किभ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको विजयका निम्ति आवश्यक सहयोग उपलब्ध गराउने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसमक्ष बाचा गरेका थिए । सहायतामा गोला बारूद तथा युद्ध उपकरण समावेश हुने अपेक्षा गरिएको छ । अमेरिकाले प्रदान गर्ने यो सहयोग यसअघि गरिएको सैन्य सहायताको निरन्तरता होइन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : ५६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र