युक्रेनलाई थप दुई अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने अमेरिकी घोषणा « Khabarhub

युक्रेनलाई थप दुई अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने अमेरिकी घोषणा


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेको छ । युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरको नयाँ सैन्य सहायता ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको हो ।

“संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ,” राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले केवल न्युज नेटवर्क (सीएनएन) लाई बताए । यद्यपि उनले प्याकेजमा प्रदान गरिने सहायता र हतियारको विवरण दिएनन् ।

यसै साताको प्रारम्भमा अप्रत्यासित रूपमा किभ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको विजयका निम्ति आवश्यक सहयोग उपलब्ध गराउने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसमक्ष बाचा गरेका थिए । सहायतामा गोला बारूद तथा युद्ध उपकरण समावेश हुने अपेक्षा गरिएको छ । अमेरिकाले प्रदान गर्ने यो सहयोग यसअघि गरिएको सैन्य सहायताको निरन्तरता होइन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : ५६ बजे

चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर

काठमाडौं– चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा चीनसँगको

दुबई–तेल अभिभ उडानका घाइते भारतीय क्याप्टेनलाई मोदीले भने ‘नायक’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानका क्रममा सह–पाइलटसँग विमानको

कांग्रेसले सरकारलाई भयो- साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान