कालीकोटमा भिरबाट लडेर मृत्यु हुने सङ्ख्या बढ्दै « Khabarhub

कालीकोटमा भिरबाट लडेर मृत्यु हुने सङ्ख्या बढ्दै


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कालीकोट – कालीकोटमा भिरबाट लडेर मृत्यु हुने सङ्ख्या वृद्धि हुँदै गएको छ । घाँस, दाउरा, मेलापात गर्ने भिरालो जमिनमा जानुपर्ने भएकाले भिरबाट लडेर मृत्यु हुनेको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्याङ्कअनुसार चार वर्षमा भिरबाट लडेर २८ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६÷७७ मा छ, ७७÷७८ मा सात, ७८÷७९ मा पाँच र चालू आर्थिक वर्षको माघ महिनासम्म ११ जनाले लडेर ज्यान गुमाएका हुन् ।

माघयता कालीकोटमै तीनजनाको रूख र भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्याङ्कमा उल्लेख छ । विगत वर्षभन्दा चालू आर्थिक वर्षमा भिरबाट लडेर मृत्यु हुनेको सङ्ख्या धेरै छ । घाँसपात, स्याउला, सोत्तरका लागि ज्यानै जोखिममा राखेर भिरमा जानुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालयका कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए । “घाँस काट्ने बेला भिर र रूखबाट लड्ने घटना बर्सेनि दोहोरिने गरेका छन्”, उनले भने, “भिरबाट लडेर मृत्यु हुनेको सङ्ख्या पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ ।”

भिरबाट लडेर मृत्यु भएपछि शवपरीक्षण गर्नुपर्ने, भवितव्य ज्यानसम्बन्धी मुद्दा दर्ता हुने, सनाखत मुचुल्का बनाउनुपर्ने झन्झटका कारण धेरैले प्रहरीलाई जानकारी नै नदिएर अन्तिम संस्कार गर्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले बताए । “सदरमुकामभन्दा बाहिर शवपरीक्षण गर्ने व्यवस्था नहुनु र कानुनी झन्झट बेहोर्नुपर्ने भएकाले धेरैले प्रहरीलाई खबर नै गर्दैनन्”, उनले भने, “भौगोलिक रूपमा विकट कर्णालीमा रोगबाटभन्दा पनि लडेर मृत्यु हुने समस्या ठूलो रहेको रहेको छ ।”

कालीकोटका कठिन भूगोल भएका कारणले किसानहरू भिर तथा रूखमा घाँस दाउरा गर्न जाने त्यहीँबाट लडेर मृत्यु हुनेको सङ्ख्या धेरै रहेको जोखिम बढी भएका किसानको गाउँपालिकाले बीमा गर्न खोजे कुनै पनि बीमा कम्पनीले नमानेको अध्यक्ष कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन केसीले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ५७ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले