परराष्ट्रमन्त्री डा पौड्यालद्वारा प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन « Khabarhub

परराष्ट्रमन्त्री डा पौड्यालद्वारा प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीति नियोग प्रमुखलाई त्यहाँबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले नेपाल बाहिर रहेका नेपालीलाई आइपरेका समस्या तत्काल समाधान गर्न पनि आग्रह गरे ।

उनले दूतावासहरूलाई मित्रराष्ट्रसँग सम्बन्ध विस्तार गर्न, विकास सहयोग अभिवृद्धि गर्न, नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा उपस्थित भई नेपालको छविलाई उकास्न निर्देशन दिए ।

विश्वमा छरिएर रहेका नेपालीको ज्ञान, सीप र क्षमताको पहिचान गरी आवश्यक पर्दा नेपालको विकासमा सदुपयोग गर्ने वातावारण बनाउन पनि परराष्ट्रमन्त्री पौड्यालले आग्रह गरे ।

श्रमका लागि विभिन्न देशमा पुगेका नेपाली दाजुभाइ दिदीबहिनीलाई समस्या आइपर्दा प्रभावकारी सेवा दिन दूतावासहरूमा चौबिसै घण्टा सेवा दिने गरी संयन्त्र निर्माण गर्न पनि उहाँले विशेष जोड दिए ।

नेपालीले मुलुकबाहिर रहँदा कुनै पनि प्रकारका दुःख पाउन नहुने भन्दै उनले उनीहरुलाई आपत् पर्दा तत्काल राहत र उद्घार गर्न कुनै कसर बाँकी नराख्न पनि उनहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ३९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर