प्राकृतिक स्रोतमा किसानको पहुँच बढाउन जरुरी « Khabarhub

प्राकृतिक स्रोतमा किसानको पहुँच बढाउन जरुरी


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कृषि विज्ञहरूले प्राकृृतिक स्रोतमा किसानको पहुँच कसरी कायम गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएर अध्ययन गर्न र सोहीअनुरुप नीति बनाउन सुझाएका छन् ।

राष्टिय किसान आयोगद्वारा कीर्तिपुरमा आयोजित कृषिको अध्ययनसम्बन्धी प्रारम्भिक गोष्ठीको दोस्रो दिन शुक्रबार आफ्नो मन्तव्य राख्ने क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने विभिन्न नौ विषयमा विज्ञ संस्थाबाट अध्ययन गराउन थालेकामा शुक्रबार प्राकृतिक स्रोतमा किसानको पहुँच, किसान आयोगको आवधिक रणनीति र कृषिमा बहुराष्ट्रिय कम्पनीका कार्य गरी तीन विषयमा प्रारम्भिक छलफल भएको थियो ।

गोष्ठीमा कृषि क्षेत्रमा क्रियाशील बहुराष्ट्रिय कम्पनीका काम र कारोबारसम्बन्धी अध्ययन र अनुगमन, त्यससम्बन्धी नियमन गर्न नेपाल सरकारलाई सुझाव दिने गरी अध्ययन सुरु गरिएको जानकारी दिइयो । डेव टेक नेपाल र नेपाल फार्मर्स एडभाइजरी काउन्सिलबाट गरिन लागेको सो अध्ययनबाट नेपाली कृषिमा बहुर्राष्ट्रिय कम्पनीको प्रवेशबाट भएको लाभ र चुनौती पत्ता लाग्ने जानकारी अध्ययन टोली नेता डा सिद्धिगणेश श्रेष्ठले दिए।

यसैगरी कृषि कार्यमा प्रयोग हुने प्राकृतिक स्रोत र साधनमा किसानको पहुँच बढाउन र अधिकार स्थापना गर्नका लागि ठोस कार्ययोजना बनाउनेबारे पनि अध्ययन हुने जनाइएको छ । यसबाट प्राकृतिक स्रोतमा किसानको पहुँचबारे जानकारी प्राप्त हुनुका साथै त्यस्तो अधिकार बढाउनका लागि मद्दत पुग्ने अध्ययनकर्ता डा नारायणबहादुर श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय किसान आयोगको आवधिक रणनीति तयार गर्न विशेष अध्ययन हुने सो अवसरमा बताइयो । कार्यक्रममा दिइएको जानकारी अनुसार माउन्ट डिजिट टेक्नोलोली प्रालि र नेपाल फार्मर्स एडभाइजरी काउन्सिल नामक संस्थाले गर्ने उक्त अध्ययनले कृषिको आधुनिकीकरणका लागि गरिनुपर्ने नीतिगत व्यवस्था र आयोगको भूमिकालगायतका विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन दिनेछ ।

आयोगका सदस्य जीवन्ती पौडेलले देशका नीति निर्मातादेखि किसानले आयोगलाई नचिनेको भन्दै यस्तो अवस्थालाई चिर्न आवधिक रणनीतिसम्बन्धी अध्ययनले मद्दत गर्नुपर्ने बताए । बहुराष्ट्रिय कम्पनीको प्रवेशबाट नेपालको रैथाने बालीनालीमा परेको खराब असरबाट जोगाउने गरी अध्ययन गरिनुपर्ने उनको भनाइ थियो ।

आयोगका अध्यक्ष डा प्रेम दङ्गालले प्राकृतिक स्रोतमा किसानको अधिकारबारे अध्ययन गर्दा खनिज पदार्थको प्रयोगको अधिकार समावेश गरिनुपर्ने बताए । उनले अध्ययनकर्तालाई विषयवस्तुमा गहन तथा विस्तृत अध्ययन गरेर सुझाव दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ५० बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि