राष्ट्रपतिको उम्मेदवारको पक्षमा राप्रपा समर्थक वा प्रस्तावक नबस्ने « Khabarhub

राष्ट्रपतिको उम्मेदवारको पक्षमा राप्रपा समर्थक वा प्रस्तावक नबस्ने


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा समर्थक वा प्रस्तावक नबस्ने भएको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आफ्ना मतदातालाई समर्थक वा प्रस्तावक नबस्न निर्देशन दिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए । राष्ट्रपति पदमा उम्मेदवार छनौट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा भएको छलफलमा पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने सुझाव आएको थियो ।

धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा भएको बैठकमा केही नेताले उक्त प्रक्रियामा वैचारिक रुपमा निकट उम्मेदवारका पक्षमा सहभागिता जनाएर पार्टीको भूमिकालाई प्रभावकारी बनाउन माग गरेका थिए । विभिन्न दलका नेताबाट सहयोगका लागि आएका प्रस्तावबारे अध्यक्ष लिङ्देनले बैठकमा जानकारी गराउनुभएको थियो । निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक घटनाक्रम, समसामयिकलगायत छलफल केन्द्रित गरिएको थियो ।

निर्णयका क्रममा नेताहरूका बीच मतभेद बढेर विवाद भएपछि निर्वाचन अगावै उम्मेदवारलाई मतदान गर्ने वा तटस्थ बस्ने भन्नेबारे निर्णय गर्न अर्को बैठक बोलाइने भएको छ । निर्वाचन आयोगले यही फागुन १३ गते भोलि राष्ट्रपति पदको मनोनयन गर्न र २५ गते मतदानको समय तोकेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १० : ०४ बजे

डेब्यू खेलमा चलेनन् सुदूरपश्चिमका ज्याक्सन र मुख्तार

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी

इजरायली आक्रमणमा यस वर्ष ६७ पत्रकारको मृत्यु

पेरिस– यस वर्ष विश्वभर मारिएका सबै पत्रकारमध्ये लगभग आधाको मृत्युका

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

माझकुभिण्डे– जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि

डेब्यू खेलमा चलेनन् सुदूरपश्चिमका मुख्तार, विराटनगरका मर्चेन्टको शिकार

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी

यातायातसम्बन्धी सर्वोच्चका आदेश कार्यान्वयन गर्न जाँचबुझ आयोग

काठमाडौं– सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न जाँचबुझ