राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन सुरु « Khabarhub

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन सुरु


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङबेँसीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरे ।

सो अवरमा उनले देशको सांस्कृतिक पक्षको संवर्द्धनका लागि लोक सङ्गीतको भूमिका महत्त्वपूर्ण रहेको बताए । विज्ञान र प्रविधिको विकाससँगै कला र संस्कृतिको संरक्षणमा जोड दिन प्रतिष्ठानका कलाकारलाई आग्रह गर्दै उनले बागमती प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

आफ्नै गृह जिल्लामा देशभरका कलाकारको उपस्थितिले धादिङको गौरव बढाएको मुख्यमन्त्री जम्कट्टेलले बताए । “कलाकारको उपस्थितिले धादिङलाई सांस्कृतिक पक्षबाट पनि चिनाएको छ, त्यसको निम्ति आभार व्यक्त गर्दछु”, उनले भने । देश विकासमा सङ्गीतको योगदान अतुलनीय रहेको उनको धारणा थियो ।

बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङले लोक तथा दोहोरी क्षेत्रमा नयाँ पुस्ताको आगमनसँगै थुप्रै चुनौती आइरहेकाले कलाकारले त्यस्ता चुनौतीसँग सजग भएर अघि बढ्न जरुरी रहेको बताए । धादिङ जिल्लाबाट निर्वाचित सांसद, पार्टी प्रतिनिधि, स्थानीय सरकारका प्रमुखले पनि कला संस्कृतिको संरक्षणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा संस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा गायिका रीता थापा मगर र गायक पशुपति शर्मा अध्यक्षका आकांक्षी देखिनुभएको छ । बयालीस हजारभन्दा सदस्य भएपनि हजार बढी प्रतिनिधि कार्यक्रममा सहभागी रहेको प्रतिष्ठानले जनाएको छ । महाधिवेशन फागुन १४ गते समापन हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १० : ४४ बजे

ऊर्जामन्त्रीले गरे मर्स्याङ्दी विद्युत्गृहको निरीक्षण

दमौली– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मर्स्याङ्दी जलविद्युत् आयोजनाको

उदयपुरमा विद्यालय बस दुर्घटना एक जनाको मृत्यु

कटारी– उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

एजेन्सी– जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन

मधेसमा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व संकलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३०

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)  

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’