रूसविरूद्धको प्रतिबन्ध ‘निकै नरम र कमजोर’ भयो पोल्याण्ड « Khabarhub

रूसविरूद्धको प्रतिबन्ध ‘निकै नरम र कमजोर’ भयो पोल्याण्ड


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पोल्याण्डले युरोपेली सङ्घ (ईयू) ले रूसविरूद्ध लगाएको पछिल्लो प्रतिबन्ध ‘निकै नरम र कमजोर’ भएको जनाएको छ ।

पोल्याण्डका प्रधानमन्त्री मेटुज मोराविकीले रूसले युक्रेनविरूद्ध आक्रमण सुरू गरेको एक वर्ष पुगेको दिन शुक्रबार युक्रेनको भ्रमणका क्रममा रुसविरुद्ध युरोपेली सङ्घ (ईयू) ले लगाएको पछिल्लो प्रतिबन्ध ’निकै नरम र कमजोर’ भएको बताएका हुन् ।

ब्रसेल्समा रूसविरूद्ध प्रतिबन्धको नयाँ प्याकेज घोषणा गर्ने चर्चा चलिरहेका समय पोल्याण्डको आपत्तिका कारण वार्ता रोकिएको युरोपेली कूटनीतिज्ञहरूले बताएका थिए ।

“जहाँसम्म १० औँ प्रतिबन्ध प्याकेजको कुरा छ, हामी यसमा खुसी छैनौँ किनभने यो धेरै नरम छ, धेरै कमजोर छ । हामी प्रस्ताव गर्दछौँ कि थप व्यक्तिहरू समावेश गरियोस्,” मोराविकीले कीभमा भने ।

“हामीले लामो समयदेखि थप रुसी उत्पादनमाथि प्रतिबन्ध लगाउन सुझाव दिँदै आएका छौँ,” उनले भने ।

ब्रसेल्सस्थित कूटनीतिक स्रोतले पोल्याण्डले कडा कदम चाल्न गरेको मागका कारण अझै पनि ‘निकै महत्वपूर्ण’ प्याकेज कार्यान्वयन गर्न ढिलाइ भइरहेको गुनासो गरेका छन् ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १० : ५३ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो