बैतडीमा यु–१६ क्रिकेट छनोट प्रतियोगिता आज सुरु हुँदै « Khabarhub

बैतडीमा यु–१६ क्रिकेट छनोट प्रतियोगिता आज सुरु हुँदै


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता आज सुरु हुँदैछ । यहाँका पालिकाबाट छनोट भएर आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराउन लागिएको हो ।

बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीका अनुसार छनोट प्रतियोगितामा सहभागी गराउन सबै पालिकालाई जिल्ला क्रिकेट सङ्घले पत्राचार गरेको छ । सहभागी हुने खेलाडीले अनिवार्यरुपमा उमेर खुल्ने कागजपत्र पेश गर्नुपर्नेछ ।

छनोट प्रतियोगिता देहिमाडौँस्थित निङ्ग्लाशैनी खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा जिल्ला टोली छनोट गर्ने प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । छनोट भएको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेशियामा हुने १६ वर्षमुनीको क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला छनोट यही चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : १५ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले