व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छ:  मुख्यमन्त्री अधिकारी « Khabarhub

व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छ:  मुख्यमन्त्री अधिकारी


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानमा सहयोग पुग्ने बताएका छन् ।

होटल पौवाको ११औँ शाखाको आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले उद्योग व्यवसाय सफल भए मात्र व्यवसायी सफल हुन्छन् र उनीहरूको सफलताले नै समृद्ध नेपाल निर्माण गर्न सहयोग पुग्छ भने ।

सामूहिक लगानीबाट गरिएको व्यवसायले देशमा रोजगारी सिर्जना गर्ने र यसबाट वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई स्वदेशमै रोक्ने पनि उनले बताए । ‘मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवा विदेश पलायनमा लागेका छन्’, मुख्यमन्त्री अधिकारीले भने, ‘सामूहिक लगानीमा सुरु गरेको व्यवसायले देशमा रोजगारीका अवसरसँगै व्यापार व्यवसायले मुलुकमा अर्थतन्त्रको विकास भई समृद्ध नेपालमा सहयोग पुग्दछ ।’

कार्यक्रममा पर्यटन व्यवसायी गणेश भट्टराईले राजनीतिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको बताए। ‘राजनीतिक कर्मी देश सञ्चालनभन्दा राजनीतिक भागबन्डामा लाग्दा युवा नागरिकले नेपालमा भविष्य देखेनन्, राजनीतिकर्मीले देश सञ्चालनमा ध्यान नदिँदा राजनीतिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको छ ।’

उनले देशको कठिन परिस्थितिमा पनि व्यवसायमा लगानी गर्नु एक चुनौतीपूर्ण काम हो भन्दै यस्ता कार्यमा सरकारले आवश्यक सहयोग गरी व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने सुझाव दिए। ‘मिशन सय’ यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले नेपालमा कम्तीमा पनि एक सय वटा होटल स्थापना गर्ने लक्ष्य लिएको छ । सो होटल व्यवस्थापनले गएको सात वर्षमा होटलको ११औँ शाखा पोखरामा सञ्चालनमा ल्याएको निर्देशक विष्णु ज्ञवालीले जानकारी दिए ।

सात वर्ष अगाडि रुपन्देहीको साल झन्डीबाट सुरु गरेको एक सय मिसनको यात्रा ११औँ शाखाका रूपमा पोखरामा सञ्चालन गर्न पाउँदा खुसी लागेको भन्दै उनले कर्णालीको जुम्लादेखि गण्डकीको पोखरासम्म गरी पाँच प्रदेशमा होटलको शाखा पुर्‍याएको बताए ।

उनले होटल पौवा प्रालीले १२औँ शाखा काठमाडौँमा खोल्ने तयारी गरेको जानकारी पनि दिए। करिब १० करोड रुपैयाँको लगानीमा पौवा प्रालीले पोखराको लेकसाइड स्ट्रिट नम्बर १ मा होटल पौवा सञ्चालनमा ल्याएको हो ।

पौवाले आजदेखि तीन दिनसम्म होटलमा स्वाद उत्सवको आयोजना पनि गरेको छ । यसै क्रममा शनिबार गजलकार थानेश्वर गौतमको एकल साँझको आयोजना गरिएको पनि होटल पौवा प्रालीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ४ : १८ बजे

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।