यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ : अध्यक्ष नेपाल « Khabarhub

यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ : अध्यक्ष नेपाल


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताएका छन् ।

पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी) को तेस्रो केन्द्रीय कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकार बनाउनमात्र नभई जनताका समस्या समाधान गर्नका लागि प्रतिबद्ध रहेको बताए ।

विगतमा दुई तिहाइको सरकार भएपनि वैचारिक मतभेदका कारण जनादेशअनुसार टिक्न नसकेको उल्लेख गर्दै उनले यो गठबन्धनले सही सोच र दृष्टिकोणका साथ अगाडि बढ्ने हुँदा भत्किने सम्भावना नरहेको प्रष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मुलुकमा बढ्दै गएको आयात न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै आयात र निर्यातको ठूलो असन्तुलनलाई कसरी कम गर्ने भन्ने अहिलेको प्रमुख चुनौती रहेको विचार व्यक्त गरे । उनले आगामी स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जनसङ्गठन विस्तार गर्न निर्देशन दिए ।

पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कम्युनिष्ट आन्दोलनको मूल मर्मलाई आफ्नो पार्टीले आत्मसात गरेकाले समान वैचारिक दृष्टिकोण राखेका कम्युनिष्ट शक्तिको एकताका क्रममा नेकपा एकीकृत समाजवादीलाई केन्द्रमा राख्नुपर्ने बताए ।

उनले आन्तरिक एकता सुदृढ गरी सङ्गठनलाई मजबुत बनाउन सकिने बताउँदै पार्टी सङ्गठन विस्तारका क्रममा अनेक भ्रम फैलाइने हुँदा पार्टीको आधिकारिक निर्णयलाई अवलम्बन गर्न आग्रह गरे ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ५ : २२ बजे

बालेन जाने भनिएको झापाबाट रास्वपाको समानुपातिकमा रविकी कट्टर समर्थक ज्वाला मात्रै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा जिल्लाबाट समानुपातिक सूचीमा ज्वाला

रवि र बालेनलाई प्रचण्डको कटाक्ष : सहरमा हल्ला गरेर देशै कब्जा भइसकेको भ्रम छर्दैछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहर बजारमा

‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’ संशोधन

काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी लगानी र ऋण व्यवस्थापनलाई थप

कांग्रेसको समानुपातिक सूची : भीष्मराज, अर्जुननरसिंह, भीमसेनदासदेखि डा. चन्द्रमोहनसम्म

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका

विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभियो भारत 

एजेन्सी– भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा