भारत र चीन द्विपक्षीय सम्बन्ध सुधार गर्न तयार « Khabarhub

भारत र चीन द्विपक्षीय सम्बन्ध सुधार गर्न तयार


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत र चीनले द्विपक्षीय सम्बन्धलाई सुधार गर्न तयार रहेको जनाएका छन् । चीनको सिन्ह्वा समाचार संस्थाले दुई मुलुकहरु द्विपक्षीय सम्बन्धलाई सुधार गर्न तयार रहेको जनाएको हो ।

हालै दुई मुलुकका विदेशमन्त्रीहरुबीच जी २० को शिखर सम्मेलनमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री चिन गाङबीच भविष्यमा हुने सहकार्य, जनस्तरको सम्बन्ध र सीमा क्षेत्रमा कायम अवस्थालाई सुधार गर्ने विषयमा छलफल भएको बताइएको छ ।

दुई मुलुकबीच मतभेदभन्दा साझा हित र चासो धेरै रहेको उल्लेख गर्दै चिनियाँ विदेशमन्त्री चिनले सीमामा कायम तनावपूर्ण अवस्थालाई सुधार गर्नुपर्ने बताएका छन् ।

त्यसैगरी भारतीय विदेशमन्त्री जयशंकरले चीनसँगको द्विपक्षीय सम्बन्धलाई ऐतिहासिक एवम् रणनीतिक दृष्टिकोणबाट हेरिनुपर्ने उल्लेख गर्दै सीमामा जारी तनाव विस्तारै सुधार हुँदै गएको बताएका थिए ।

पछिल्ला केही वर्षयता सीमामा जारी तनाव र कूटनीतिक मतभेदका कारण सम्बन्धमा चिसोपन बढ्दै गएको बेला दुई मुलुक सम्बन्धलाई सुधार गर्न तयार भएका हुन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ६ : १४ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान