भारत र चीन द्विपक्षीय सम्बन्ध सुधार गर्न तयार « Khabarhub

भारत र चीन द्विपक्षीय सम्बन्ध सुधार गर्न तयार


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत र चीनले द्विपक्षीय सम्बन्धलाई सुधार गर्न तयार रहेको जनाएका छन् । चीनको सिन्ह्वा समाचार संस्थाले दुई मुलुकहरु द्विपक्षीय सम्बन्धलाई सुधार गर्न तयार रहेको जनाएको हो ।

हालै दुई मुलुकका विदेशमन्त्रीहरुबीच जी २० को शिखर सम्मेलनमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री चिन गाङबीच भविष्यमा हुने सहकार्य, जनस्तरको सम्बन्ध र सीमा क्षेत्रमा कायम अवस्थालाई सुधार गर्ने विषयमा छलफल भएको बताइएको छ ।

दुई मुलुकबीच मतभेदभन्दा साझा हित र चासो धेरै रहेको उल्लेख गर्दै चिनियाँ विदेशमन्त्री चिनले सीमामा कायम तनावपूर्ण अवस्थालाई सुधार गर्नुपर्ने बताएका छन् ।

त्यसैगरी भारतीय विदेशमन्त्री जयशंकरले चीनसँगको द्विपक्षीय सम्बन्धलाई ऐतिहासिक एवम् रणनीतिक दृष्टिकोणबाट हेरिनुपर्ने उल्लेख गर्दै सीमामा जारी तनाव विस्तारै सुधार हुँदै गएको बताएका थिए ।

पछिल्ला केही वर्षयता सीमामा जारी तनाव र कूटनीतिक मतभेदका कारण सम्बन्धमा चिसोपन बढ्दै गएको बेला दुई मुलुक सम्बन्धलाई सुधार गर्न तयार भएका हुन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ६ : १४ बजे

अदालतको आदेशसँगै एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने

काठमाडौं– सर्वोच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै

रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपानेले आफू समानुपातिक सूचीमा

नायिका स्वस्तिमा नाचेको गीत ‘मायालाई के दिउँ म बैना’ टिकटकमा भाइरल

काठमाडौं – नायिका स्वस्तिमा खड्का र नायक रवीन्द्रसिंह बानियाँ शीर्ष

ठूलो जनमत र पदको गरिमालाई न्याय गर्न सचेत भएर काम गर्छौँ : स्वर्णिम वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति  डा. स्वर्णिम वाग्लेले जनप्रतिनिधिहरू देश

सबै नेपालीलाई मेरो सरकार छ भन्ने महसुस गराउने गरी काम गर्छौँ : डीपी अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले प्रतिनिधिसभा निर्वाचनमा जिते