मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम हाे : न्यायाधीश खतिवडा « Khabarhub

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम हाे : न्यायाधीश खतिवडा


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भएको बताएका छन्।नेपालगञ्जमा आज आयोजित मेलमिलापसम्बन्धी आधारभूत तालिमको उद्घाटन समारोहमा न्यायाधीश खतिवडाले समाजमा हुने विवादको मूल कारण पहिचान गर्न सकिए सहजरुपमा समाधानको उपाय लाग्ने बताए ।

“विवाद के हो ? कसरी भयो ? र कारण के हो भन्ने विषय पहिचान भएपछि समाधानको उपाय निस्किन्छ”, न्यायाधीश खतिवडाले भने, “विवाद आफैँमा खराब होइन समाजलाई सिर्जनशील परिवर्तनका लागि विवाद आवश्यक हुन्छ विवादबाट बिग्रिएको सम्बन्धलाई मेलमिलापबाट जोड्न सकिन्छ ।”

जातीय छुवाछुत, महिला अधिकारलगायतका विषय समाजभित्रको द्वन्द्व विवादबाट सिर्जनशील परिवर्तन भएर आएको उल्लेख गर्दै उनले भने, “कुनै पनि विवाद र द्वन्द्व समाधानको प्रयास न्यायपूर्ण नभए त्यसले विद्रोह ल्याउन सक्दछ ।”

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भए पनि मेलमिलापकर्ताको सङ्ख्या पर्याप्त हुन नसकेको बताउँदै न्यायाधीश खतिवडाले मेलमिलापसम्बन्धी आधारभूत तालिम प्राप्त भएपछि मेलमिलाप कर्ममा लाग्न आग्रह गरे ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा रत्नबहादुर बागचन्दले मेलमिलापले जनतालाई न्याय प्राप्त गर्ने प्रक्रियामा ठूलो सघाउ पुगेको बताए ।

अदालतमा आएका कतिपय मुद्दाहरुसमेत मेलमिलापमा पठाउने गरेको जानकारी दिँदै उनले मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउन यसमा देखिएका समस्यामा केन्द्रित भई काम गर्न आवश्यक रहेको बताए ।

सामुदायिक मेलमिलापकर्ता, समाज र मेलमिलाप परिषद्को आयोजना तथा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास समितिको समन्वयमा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडाका मेलमिलापकर्ता सहभागी भएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : ४२ बजे

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

काठमाडौं – विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको

कांग्रेसलाई संविधान संशोधनबारे जेनजीले के दिए सुझाव ?

काठमाडौं – नेपाली कांग्रेसले संविधान सांसोधनका विषयमा विज्ञ तथा जेनजीहरुसंग

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

गोरखा – उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७

कांग्रेस कर्णालीले सार्वजनिक गर्यो ‘एकताको दश सूत्र’

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बृहत्तर एकता