डीडीसी अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ « Khabarhub

डीडीसी अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मा पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानमा भएको आर्थिक हिनामिना तथा संगठित अपराधमा संलग्न रहेको आरोपमा सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। उनलाई जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराका अनुसार सरकारी स्वामित्वको डीडीसीका तत्कालीन महाप्रबन्धक तथा उच्चपदस्थ कर्मचारीको मिलेमतोमा गैरकानुनी लाभ लिई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्‍याएको उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीले पूर्वयोजनाअनुरूप समूह बनाई संगठित सञ्जालमार्फत १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुर्‍याएको खुलेको छ।

शर्माविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघातको कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिम अनुसन्धान अघि बढाइएको प्रवक्ता जबराले बताए। यही प्रकरणमा प्रहरीले यसअघि नै आठ जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ९ : ०९ बजे

अल नेपाल र्‍यापिड चेस सुरु, पहिलो दिन कमल र राधिका शीर्ष स्थानमा

काठमाडौँ – प्रथम काठमाडौँ २८ वडाध्यक्ष कप अल नेपाल फिडे

डीडीसी अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

काठमाडौँ – दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता

छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्व मनाउन

जनकपुरविरुद्ध ४ विकेटको जित हासिल गरेको चितवनको प्लेअफ पुग्ने सम्भावना मजबुत

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पाकिस्तानी सेनाद्वारा १० दिनमा ७४ लडाकु मारिएको दाबी

इस्लामावाद- पाकिस्तानको सेनाले अफगानिस्तानसँग सीमा जोडिएका उत्तरपश्चिमी र दक्षिणपश्चिमी क्षेत्रमा