बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काइयो « Khabarhub

बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काइयो


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई आज स्वदेश फर्काइएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी ललाइफकाई बेलारुस पु¥याई अलपत्र पारिएका नौ जना महिलालाई स्वदेश फर्काइएको जानकारी दिए ।

उनका अनुसार नेपाल फर्काइएका महिलामा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मीना गुरुङ र मार्फा सोताङ राई रहेका छन् । पीडित महिलालाई विभिन्न सङ्घसंस्थाको सहयोगमा नेपाल फर्काइएको र उनीहरूले टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि स्वदेश फर्काउने प्रयास भएको भण्डारीले बताए ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले नेपाल फर्किएका नौ दिदीबहिनीलाई अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिनुका साथै विदेशमा पु¥याई अलपत्र बनाउनेलाई सरकारले कारबाही गर्ने आश्वासन दिए । उनले भने, “तपाईंहरू नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाई काम गर्नुहोला, तपाईंहरूलाई हामी न्याय दिलाउने छौँ, अपराधीलाई कारबाही गराउन पहल गर्नेछौँ ।”

अल्पत्र अवस्थाबाट स्वदेश फर्काइएका मध्येकी एक पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरूले दैनिक १२ घण्टा काम गर्नुपरेको र भनेको पारिश्रमिक नदिएको तथा पीडा दिने गरेको दुःखेसो व्यक्त गरे । उनले नेपालबाट जाँदा एजेन्टले डलरमा पैसा दिने भने पनि बेलारुसमा गएपछि बेलारुसी रुबेल रु ७५ दैनिक दिने गरेको जानकारी दिए।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : २७ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस