टोटेनह्यामको गोल पोष्टमा न्युक्यासलको आधा दर्जन गोल « Khabarhub

टोटेनह्यामको गोल पोष्टमा न्युक्यासलको आधा दर्जन गोल


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडको गोलको बर्षाका कारण टोटेनह्याम फराकिलो अन्तरले पराजित भएको छ।

आइतबार साँझ भएको खेलमा पहिलो हाफको २२ मिनेट भित्र हट्सपुर न्युक्यासल युनाइटेडसँग पाँच गोल खाँदै टोटेनह्याम फराकिलो अन्तरले पराजित भएको हो।

न्युक्यासलको घरेलु मैदानमा भएको खेलको दोस्रो मिनेटमा नै ज्याकव मुर्फीले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाउन सुरु गरेका थिए।

छैटौं मिनेटमा जोइलिनटनले गोल गर्दा न्युकासल २–० ले अघि रह्यो। न्युक्यासल यति मै रोकिएन नवौं मिनेटमा जाकोबले पुन व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे।

१९ औं मिनेटमा एलेक्जान्डर इसाकले गोल गर्दै न्युकासललाई ४–० को अग्रता दिलाए भने खेलको २१औं मिनेटमा इसाकले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई पहिलो हाफमा नै ५–० को अग्रता दिलाए।

दोस्रो हाफमा भने टोटेनह्यामले न्युकासलको पोष्टमा गोल त फर्कायो । दोस्रो हाफको ४९औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ५–१ को अबस्थामा ल्याए। टोटेनह्यामले त्यसपछि कुनै गोल गर्न सकेन, बरु खेलको ६७औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई ६–१ को सानदार जित दिलाए।

जारी लिगमा न्युक्यासलले ३१ खेलबाट ५९ अङ्क बनाएको छ भने टोटेनह्यामको ३२ खेलबाट ५३ अङ्क रहेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ०१ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म